गुल्मी, २१ मंसिर ।। डर्बीखबर डट कम्  


अर्घाखाँची, २१ मंसिर । अर्घाखाँचीमा ९८ वर्षका एक वृद्धले मतदान गर्नुभएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिकाको सूर्य मावि मतदान केन्द्रबाट ९८ वर्षका प्रेमनारायण घिमिरेले मतदान गर्नुभएको छ ।

उहाँले जीवनको अन्त्यतिर देश बदल्ने अभियानमा भोट हाल्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले अरु बेला आफूलाई हिँड्न निकै गाह्रो हुने भए पनि भोट हाल्ने भने उत्साहित भएर आएको बताउनुभयो । यस्तै अर्घाखाँचीकै निर्वाचन क्षेत्र नम्बर १ को बागिको शान्ति माविमा मतदान लाइनमा बसेर ९१ बर्षिय कुलबहादुर पाण्डे र ७२ रेमकला खनालले पनि भोट हाल्नुभएको छ ।

यस्तै अर्घाखाँचीमा सबै मतदान केन्द्रमा मतदान सुरु भएको छ । ९३ मतदान स्थल १७४ मतदान केन्द्रमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनु भयो ।


Ofline Chiranjibi Marasini चिरन्जिबी मरासिनी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*