नवीन देवकोटा, पौष २५ लम्की

कैलालीको लम्कीचुहा नगरपालिका १ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यामिक विद्यालयमा खेलकुद सप्ताहा २०७४ आइतबारदेखी सुरू भएको छ । साताव्यापी रूपमा विभिन्न खेलहरू खेलाइने विद्यालयले जनाएको छ । आइतबार पहिलो दिन विद्यालयमा मार्चपास, १०० मिटर छात्र, छात्रा दौड र तातो आलु लगाएतका खेल सम्पन्न भएका विद्यालयकी प्रधानाध्यापक नोबेन्द्रा बरालले जानकारी दिनु भयो । खेदकुद सप्ताहाको दोस्रो दिन सोमबार सियो धागो दौड, हिसाब दौड, चमच गुच्चा दौड, छात्रा लङ जम्प लगाएतका खेल खेलिएको प्रधानाध्यापक बरालले जानकारी दिनु भएको छ । मंगलबार छात्र–छात्रा फुटबल, हाइजम्प, छात्र लमजम्प लगायतका खेल खेलिएको जानकारी प्राप्त भएको छ । बुधबार कपर्दी, भलिबल लगाएतका खेल हुने विद्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*