२०,पौष ।। न्यजिल्याण्ड भ्रमणमा रहेको वेष्ट ईण्डिज बिचको बुधबार वेइ ओभल, न्यजिल्याण्डमा भएको तेस्रो टि ट्वान्टिमा न्युजिल्याण्ड ११९ रनले विजयी भएको छ । २४४ रनको लक्ष्य पाएकोे वेष्ट ईण्डिज पहिलो ओभरमा नै दुईजना ओपनिङ्ग ब्याट्सम्यान गुमाएको वेष्ट ईण्डिज १२४ रनमा अलआउट भएको थियो । सस्तैमा समेट्ने क्रममा टिम साउथीले ३,ट्रेन्ट बोल्ड र इश सोदीले २-२ विकेट लिएका थिए ।

कोलिन मुनरो शतक प्रहार गरेपछि खुशी ब्याक्त गर्दै

यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको न्युजिल्याण्डले कोलिन मुनरोको १०४ मद्धतले ५ विकेटको क्षतिमा २४३ बनाएको थियो । पहिलो विकेटमा लागि मार्टिन गुप्टिल र कोलिन मुनरोले १३६ रनको साझेदारी गरेको थियो । मार्टिन गुप्टिल ६३ रनमा आउट भएका थिए त्यास्तै टोम ब्रुस २३ र केन विलिम्सनले १९ रन बनाएका थिए । म्यान अफ द म्याच तथा म्यान अफ द सिरिज तिन खेलमा २२३ रन बनाएका कोलिन मुनरो भएका थिए । जित सँगै न्युजिल्याण्डले वेष्ट ईण्डिज बिरुद्धको सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ । पहिलो खेलमा ४७ रनको जित र दोस्रो खेल वर्षाको कारण बिना नतिजा सकिएको थियो ।


 युद्ध मेवाहाङ्ग राई 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*