विद्यार्थीहरु कलेजमा नभएको चाडपर्वहरुको मुखमा पारेर गरिएको विद्यार्थीमारा शिक्षा ऐन नवौं संशोधन  तत्काल फिर्ता नलिएको खण्डमा आफूहरु आम विद्यार्थीहरुको हक, हित र अधिकार रक्षाको लागि कडाभन्दा कडा संघर्षमा उत्रिन बाध्यहुने

असोज५ काठमाडौं,।।  शिक्षा ऐन नवौं संशोधन सरकारले तत्काल फिर्ता नलिए कडाभन्दा कडा संघर्षमा उत्रिने संयुक्त विद्यार्थी संगठनले चेतावनी दिएको छ । बिहीबार संयुक्त विद्यार्थी संगठनले  पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । 

विद्यार्थीहरु कलेजमा नभएको चाडपर्वहरुको मुखमा पारेर गरिएको विद्यार्थीमारा उक्तसंशोधन तत्काल फिर्ता नलिएको खण्डमा आफूहरु आम विद्यार्थीहरुको हक, हित र अधिकार रक्षाको लागि कडाभन्दा कडा संघर्षमा उत्रिन बाध्यहुने उनीहरुको चेतावनी थियो ।

कार्यक्रममा नेविसंघका सभापति नैनसिंह महरले ९ औं शिक्षा संशोधन ऐनले शैक्षिक गुणस्तर बढाउने भन्दा पनि शिक्षा क्षेत्र माझ नै ठूलो समस्यानिम्त्याउने खतरा औंल्याए । उनले राष्ट्रपतिले उत्तः ऐनलाई लाल मोहर लाउन नहुने तर्क गरे । महरले भने,‘यो ऐनलाई फिर्ता गर्नुपर्छ, होईन भने हामी संघर्षमा उत्रिन बाध्य हून्छौं।’

अनेरास्ववियुकीअध्यक्षनविनालामाले शिक्षामा गुणस्तरियताल्याउनेनाममा यो विद्येयकल्याईएकोबताउँदै भनिन्,‘यो संशोधन ऐन फिर्तागर्नको लागि म जोडदार माागगर्दछु, मुलतः यस संशोधनले स्थायी अध्यापन अनुमतिपत्र लिएर बसेका लाखौं विद्यार्थीहरुको भविष्यलाई अन्धकार बनाएको हाम्रो निश्कर्ष रहेको छ, त्यसैले यो संशोधन तुरुन्तफिर्ता लिन नेपाल सरकारसमक्षहामी संयुक्त रुपमा अनुरोध गर्दछौं।’

एकातिर राष्ट्रिय शिक्षाआयोग गठन गरेर केही गरेको जस्तो देखाउने र अर्कोतिर गुणस्तरीय बनाउने कुरालाई चूनौतिदिएर अघि बढ्ने काम सरकारले गरेको भन्दै उनले आक्रोश समेत पोखिन् । उनले भने,‘यहाँ दोहोर चत्रिर देखाउने कामभयो, यो हामीलाई कुनैपनिहालतमा सह्य छैन।’लामाले विद्येयक फिर्ता नभए सम्मआन्दोल नजारी राख्ने चेतावनीदिईन् । उनले राष्ट्रपति, प्रधानमनन्त्री राजनीतिकदललगायत सबै सरोकारवालाहरुको ध्यानाकार्षण गराउने पनि जानकारी गराईन् ।

नेपाल लोकतान्त्रिक विद्यार्थी फोरमका अध्यक्ष कपलेश्वर यादवले आफूहरुले उठाएका जायज माँगहरु समयमै पूरा नगरिए सडक आन्दोलन  थाल्ने चेतावनीदिए । अखिल छैटौंकाअध्यक्षविमलपोखरेलले पनिआन्दोलनमाथि ऐक्यबद्धताजनाउँदै राष्ट्रपतिलाई जस्तातस्तैको विद्येयक संसदमै फिर्ता पठाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*