अभिमनु कुमार पटेल-  डर्बीखबर डट कम् ।।


रौतहट, २४ माघ ।। नेपालमा शितलहरबाट पीडित तराईवासी नेपालीहरुलाई गैरआवासिय नेपाली संघ बेल्जीयमले झण्डै २ लाख नगद आर्थिक सहयोग गरेको छ ।

एनआरएन बेल्जीयमको आव्हानमा बेल्जियममा रहेका नेपाली संघ संस्था तथा व्यक्तिहरुबाट संकलन गरिएको रकम सहयोगका लागि नेपाल पठाइसकिएको एनआरएन बेल्जीयमका अध्यक्ष लोक प्रसाद दाहालले जानकारी दिनु भएको छ । अध्यक्ष दाहालका अनुसार संकलन भएको १ हजार ६ सय १२ युरो रकम ७ फरवरी २०१८ बुधबारका दिन रौतहटका स्थानिय एवम रिपोर्टस क्लब नेपालका अध्यक्ष अभिमन्यु पटेलको प्रभु बैंकमा रहेको खातामा पठाईएको हो ।

खातामा पठाइएको रकम सम्बन्धित पीडितहरु समक्ष पुर्याउने अध्यक्ष दाहालले बताउनु भयो । उहाँले संकलन भएको रकम र सहयोग गर्नुहुने सबै दाताहरुको नामावली समेत सार्वजनीक गर्दै विज्ञप्तिमार्फत धन्यवाद दिनुभएको छ । संस्थाका अध्यक्ष लोक दाहाल, प्रवक्ता दीपेन्द्र के.सी. र महासचिव आडमाया लामाद्धारा हस्ताक्षरीत विज्ञप्तिमा सहयोग गर्ने सबै संघ संस्था र महानुभावहरुमा धन्यवाद दिइएको छ ।

त्यसैगरी विज्ञप्तिमा जनवरी २९ देखि शीतलहर सम्बन्धी आर्थिक सँकलन अभियान बन्द गरिएको जानकारी पनि गराइएको छ । शितलहर पिडितलाई सहयोग जुटाउन कार्यमा विषेश भुमिका निर्वाह गर्ने हाम्रो क्लब बेल्जियमका अध्यक्ष रमेश कंडेललाई रिपोर्टर्स क्लब नेपाल रौतहटका अध्यक्ष पटेलले विषेश अभार व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*