नवीन देवकोटा पौष २९ लम्की
कैलालीको लम्की चौकमा आज जेब्रा क्रस बनाइएको छ । यस क्षेत्रका युवाहरुको सक्रियता तथा बिभिन्न संघ संस्थाको सहयोगमा ट्राफिक प्रहरी कार्यालय लम्कीले जेब्रा क्रस बनाएको हो । दिन प्रतिदिन पुर्ब पश्चिम महेन्द्र राजमार्गको लम्की सडक खण्डमा सड्क दुर्घटना बढ्दै गएको भन्दै लम्की चोकमा जेब्राक्रस बनाएको ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी सहायक निरीक्षक शोभानसिंह कार्किले बताउनु भएको छ ।

लामो समय देखिको प्रयास पछि बिभिन्न संघ संस्थाको सहयोग बनाएको जेब्राक्रसले यो क्षेत्रको सड्क दुर्घटनामा कमि आउने युवा नेता धर्मराज न्यौपानेले बताउनु भएको छ । लम्की चोक लगायत पुर्बपश्चिम राजमार्गको अत्तरीया चिसापानी सड्क खण्ड अन्तरगत स्थानियको आवतजावत बाक्लो हुने ठाउ र सड्क दुर्घटनाका सम्भावित ठाउमा जेब्राक्रस बनाउन लागिएको युवा नेता टेकराज कठायतको भनाइछ । उहाका अनुसार मोतिपुर चोक, गणेशपुर चोक, लम्की बसपार्क मोड लगायतका ठाउमा जेब्राक्रस बनाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*