भदौ ,२९ काठमाडौँ || सुरेन्द्र महर्जन अर्थात्  कवि, गीतकार, साहित्यकार, चित्रकार एवं गायक -सुरेन्द्र महर्जन ‘अमर’  ओ. एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड – २०७४ (Lifetime Achievenent Award 2074) बाट सम्मानित हुनुभएको  छ ।हालै राजधानीको सुन्धारास्थित आर्मी  क्लबमा सम्पन्न भएको ओ. एस म्युजिक अवार्ड २०७४ मा २३० उत्कृष्ट  स्रस्टा मध्यबाट ४६ विद्यामा अवार्ड र प्रमाणपत्र वितरण गरिएको थियो । स्रस्टा  सुरेन्द्र महर्जन ‘अमर’ लाई  विगत तीन दशकभन्दा लामो समयदेखि साहित्यमा दिएको योगदान र दुई दशक भन्दा लामो गायन तथा चित्रकला प्रस्तुतीकरणको   मुल्यांकन गरि उक्त सम्मान दिएको हो ।

साहित्यिक नाम “अमर “बाट परिचित सुरेन्द्र महर्जन   ‘अमर’का  प्रकाशित सोह्र कृति मध्य तीन एल्बम रहेको छ, दुई उपन्यास, एक कविता संग्रह, चार गीति संग्रह, दुई हाइकु संग्रह, एक तान्का संग्रह, नेवारी गीत संग्रह  जस्तै -”कौशिकी”,”लुमु मतिना”, ”परेलीको पानी ”, ”यौवनका रहर” , ”भविष्यको सपना ”, ”मिस्ड कल”,  ”अनुष्का ”, ”नदीको रंग” , ”भाग्य” र आधुनिक गीति एल्बम गरी हालसम्म डेढ दर्जन कृति   प्रकाशित भैसकेका छन्  । आधा दर्जन भन्दा बढी विभिन्न संधसंस्थामा आबद्ध रहेको र दर्जनभन्दा बढी पुरस्कारबाट सम्मान पनि प्राप्त गरिसक्नु भएका अमर  संग डर्बी खबरले गरेको छोटो कुराकानी 

पविता – दाई ,यहाँलाई धेरै धेरै बधाई अनि शुभकामना पछिलो अवार्ड प्राप्तिका लागि 

अमर  – धन्यबाद बैनी 

पविता –हजुरको कृति र सृजनाहरु प्राय चर्चित नै छन् तर पनि हालै मात्र निकै चर्चामा रहेको कृति कुन होला ?

अमर  – हाल एकदमै चर्चामा आएको मेरो एउटा गित छ जसलाई मेलिना राई ले स्वर दिनु भएको छ  ।गित को बोल चै   “म  भन्दा नी ” भन्ने छ  ।

पविता- यहाँले थुपरै कृति बजारमा ल्याइसक्नुभेको छ ,कसरि समय निकाल्नु हुन्छ ?

अमर  – यो चै, यस्तो हुन्छ ,हुन त म निकै व्यस्त छु तर पनि समय आफै निस्कन्छ । कता कता लेख्नमन लागि   हाल्छ ।इच्छा भए उपाए जहाँ पनि भने जस्तै हो यो ।यस्तै हो ,जुनबेला मुड चल्छ त्यै बेला लेख्ने गर्छु । 

पविता- कुन समयमा लेख्न बढी मुड चल्छ त यहाँलाई ?

अमर  – प्राय साँझ नै मलाई मुड चल्छ ,किनकि साँझ र राती  शान्त वाताबरण हुन्छ , अनि कहिले कहिँ यसो मनमा   आएका कुराहरु  दिउँसै  पनि लेखि हाल्न मन लाग्छ  । 

पविता-   हाल सम्म तयार गर्नु भएको कुन कृतिमा यहाँको सबै भन्दा  धेरै मेहनत वा समय लाग्यो ? ,दाई !

अमर –  मेरो सबै भन्दा लामो समय लागेको कृति “भाग्य”  गीति नाटक हो । झन्डै ,२५ वर्ष लाग्यो त ,ओहो ! निकै       मेहेनत गरेको रहेछु त । 

पविता- अनि ,अब आउने नयाँ कृति कुना हो त यहाँको ?

अमर – अब मेरो नया एल्बम आउदैछ ,करीब  २|३ महिना लाग्छ होला, ”अमर – २ ” बजारमा ल्याउने तयारी मा छु । 

पविता- हस् ,यसको सफलताको   अग्रिम शुभकामान दाइलाई , अन्तमा केहि भन्नु छ कि यहाँको पाठक स्रोताहरुलाई  ?

अमर – अँ ,धन्यबाद भन्छु मेरो रचना ,सृजनाहरु मंन परैदिनु भयो , यो खबर ,डर्बी खबर मा पनि हेरेर पढेर सेयर पनि   गर्दिनुहोला भन्न चाहन्छु ,अनि दसैं आयो अब सबै जना राम्रो संग दसैँ मनाउनु होला मेरो शुभकामना भन्न                   चाहन्छु   ।   कसैलाई पनि दु:ख  ,पीडा नपरोस् मेरो कामना छ ।   यति नै । 

पविता- हामीलाई समय दिनु भयो यसका लागि यहाँ लाई धन्यबाद ।  

अमर – हुन्छ ,यहाँलाई पनि , र डर्बी खबरलाई पनि मेरो धेरै धेरै धन्यबाद छ । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*