काठमाडौँ २०७३-चैत्र २६ || ने.क.पा. एमाले काठमाण्डौ  जिल्ला कमिटिका सदस्य मधु सुदन तन्डुकार हाल कमिटिको बिभिन्न कार्यक्रमहरुमा ब्यस्त देखिनुहुन्छ  | वि. स.२०२४  साल कार्तिक २३ गते काठमाडौंको  बागबजार ३१ वडा साबिक, हालको २८ वडा मा जन्मनुभएका मधुसुदन सोहि वडाको वडा कमिटि इन्चार्ज समेत हुनुहुन्छ |यसै गरि ल्याम्ह पुच : समुहको आजिबन सदस्य ,वडा नागरिक मंचका सदस्य ,विपद ब्यबस्थापनका सल्लाहकार ,ग्वाली पुचका सल्लाहकार एवं भृकुटी युवा क्लबका समेत सल्लाहकार रहनु भएका उहाँ संग गरिएको अन्तरंग कुराकानीमा आधारित अन्तरबार्ता –

स्थानीय निर्वाचनको लहर चल्दै गर्दा विभिन्न कार्यक्रमहरुमा यहाँको सक्रिय सहभागिता पनि बढ्दै छ , कत्तिको उत्साहित हुनुहुन्छ चुनावलाई लिएर?

मधु सुदन  – २०५४ सालको स्थानीय निर्वाचन पश्चात आजसम्म त्यो तहको चुनाब हुन सकेको छैन, बल्ल लगभग १९ वर्ष पछी यो सथानीय चुनाव हुन लागेको छ |बिगत लामो समय सम्म स्थानीय तहमा भनौ या स्थानीय सरकारमा भनौ, कतै पनि जनताको सहभागिता नभइरहेको हुँदा धेरै बिकासका कामहरु अबरुद्धछन्, अलमलमा छन् |बिकास बजेट पनि पुरा रुपमा खर्च हुन सकेको छैन | यो स्थितिमा अब अलिकति अधिकार  सम्पन्न स्थानीयहको निर्वाचन हुन्दैछ , तेसैले पनि राजनीतिक कर्मी को हिसाबले उत्स हित हुनु ,प्रतिनिधित्व गर्न खोज्नु स्वभाबिकै हो र म निकै उत्साहित छु | 

 कहिले देखी राजनीतिमा हुनुहुन्छ ? ५४ सालको निर्बाचनमा यहाँको भूमिका कस्तो थियो ?

मधु सुदन  – मा २०५४ सालमा पनि  यसै ३१ वडा (हाल २८  वडा ) बाट उम्मेदवारी दिएको थिएँ ने.क.पा. एमालेको तर्फबाट र मात्र केहि मतले पराजित भएको थिएँ , त्यो समय देखिने मा यो राजनीतिमा अनबरत रुपमा लागिरहेकै छु र त्यो समय देखि नै यो वडालाई  कसरि  समृद्द बनाउने,यो वडालाई परिचालन गर्ने कुरा, यो वडाको स्रोत र साधनको सहि उपयोग गर्ने कुरा इत्यादिलाई लिएर यसै वडाका बुद्दिजिबीहरुसंग सल्लाह सुझाबकलन गरि उहांहरु संग समन्वय गर्दै वडाको बिकाश्कै लागि भनेर राजनीतिमा लागिपरेको छु |

अब  बैशाख मा हुने चुनाबलाई लिएर कत्तिको ब्यस्त हुनुभएको छ केके गर्दै हुनुहुन्छ ?

मधु सुदन  – मैले म आफु यहि वडामा  रहेको  विभिन्न संघ संस्था देखि लिएर  यहि वडाको नागरिक मंच र विपद ब्यबस्थापन समितिको पनि सल्लाहकार भएकोले मैले आफ्नो काम निरन्तर अगाडी बढेको छु , बिकाश   निर्माणको कामहरुमा लागिपरेको छु | भर्खरै  आज सनिबार मेरै कन्सेप्टमा  आयोजना गरेको एउटा कार्यक्रममा यो वडामा  कहाँ कहाँ कुन कुन क्षेत्रमा कस्ता कस्ता योगदान दिएका विशिष्ट व्यक्तिहरु छन् भनि खोजि क्यालकुलेशन गरेरै १५ जना विशिष्ट व्यक्तिहरुलाई हाम्रो कमिटीले सम्मान कार्यक्रम गर्यौं ,जसमाअधन न्यायधिस ,पूर्व प्रधान न्यायधिस ,अनुप राज सर्मा ,पूर्वप्रधान सेनापति क्षत्रमान सिंग    गुरुङ  गायक प्रेम ध्वोज प्रधान,पररास्ट्र विद यादब गान्ध सिलवाल ,प्राध्यापक  अंगुर बाबा जोशी लगायत थुप्रै हुनुहुन्थ्यो | उहाहरु जस्तो बुद्दीजीबीको बसोबास रहेको वडा हो यो २८ वडा ,तेसकारण पनि वहाँहरु संग सल्लाह सुझाबलिएर  अघि  बध्दैछु ,२०५४ सालको स्थानीय चुनाबमा भएको अध्यक्षको  उम्मेदवारी ले पनि मलाई धेरै कुरा को अनुभब दिलायो त्यो बेला म  युवा थिएँ भने अहिले  त उमेरले पनि ५० छोएकोले ममा  परीपक्कता  आएको छ  र यो पटक पनि अध्यक्षको   उम्मेदवारी दिनको लागि प्रोत्शाहन स्वरूप कुरा अगाडी बढाएकोले म रात्मक सोंचलेअघि  बढ्दैछु ,सायद  कमिटि का  साथीहरुले चाडै निर्णय गर्नुहुनेछ |

उम्मेदवारी प्रक्रियामा यहाँले  के कस्तो प्रतिबद्दता राख्नुहुन्छ ?

 मैले सरसर्ती भन्नुपर्दा स्थानीय तहलाई दिने जुन अधिकार एन को रुपमा आउछ  त्यो भित्र पर्ने ,शिक्षा स्वास्थ्थ ,सहकारी ,शान्ति सुरक्षाका कुरा, शिफरिसका कुराहरु  सबैनै पर्छन | वडामा रहेको शिक्षित बेरोजगारीको समस्यालाई हटाउन यो वडाको संघसंस्था संग समन्वय गर्ने मेरो एजेण्ड भित्र पर्छ | अब स्थानीय निकाय अधिकार सम्पन्न भएपछी फोहोर मेलाको उचित ब्यबस्थापन ,सर्सफैको अभियान टुकुचा को ब्यबस्थापन , गल्लि तथा सडकका बत्तीहरुको ब्यबस्थापन, वडा बाटै युबाहरुलाई सन्चारका क्षेत्रमा कम्प्युटर तथा अन्य प्राबिधिक  तालिमको व्यवस्था ,शारीरिक तथा मानशिक रुपमा बिकाश गर्ने विभिन्न तालिम, मिहिला को लागि बिशेष  नेतृत तथा उद्घोषण तालिमहरु को योजना अघि सर्ने मेरो चाहना रहेको छ | बिकाश बजेट लाई सदुपयोग गरेर पर्ती  जग्गा लाई पार्क तथा अन्य सार्बजनिक सम्पदाको रुपमा निर्माण गर्ने , बाटो मर्मत इत्यादिमा बढी प्रतिबद्द छु  | काठमाण्डौ कै नमुना वडाको रुपमा २८ वडालाई प्रस्तुत गर्नेछु | 

निर्वाचन मा सफल हुनुभयो भने यहाँको प्राथमिकता के कस्तो योजनाहरु रहने छन् ?

मधु सुदन  – यो वडा धेरै नै स्रोत र  साधन ले भरिएको वडा हो | यो वडा मा  बिबिध बिशेषता हरु रहेका छन् | उदाहरण कै रुपमा भन्नु पर्दा पनि दश      वटा  भन्दा बढी बिस्वबिद्यालयरु  यसै वडामा छन् ,थुप्रै बिध्यालयहरु छन् , इन्स्टिच्युटहरु छन्, कन्सल्टेन्सी हरु छन् ,यहाँ विभिन्न शिक्षा वा प्रशिक्षण दिने अनगिन्ती संथाहरु छन्  ,यो विभिन्न व्यापार गर्ने ब्यापारिक क्षेत्र पनि हो यो वडा ,तिनीहरु लाई ब्यबस्थित गर्न समन्वय गरेर अघि बढ्न सकेको खण्डमा शैक्षिक बेरोजगारी लाई हटाउन सक्छौं   | अर्को  , यो   वडालाई सुन्दर सफा र  समृद्द बनाउन को लागि  हाम्रो बिचमा समस्याकोपमा रहेको टुकुचा जुन अन्तत गएर बागमती नदीमा मिसिन जान्छ ,तेस्लाई कसैले वास्ता नगरी देशको सारा शक्ति लागेर बागमती सफाई मा लाग्ने अनि कसरि बागमति   सफा हुन  सक्छ ? हुने सक्दैन  ! पहिला त यो शहरको बीच भागबाट बग्ने    यो टुकुचा लाई ब्यबस्थित्  गर्ने र  सफाई  गर्ने  गर्नुपर्छ |    र   कतै कतै यसलाई छोपेर मार्ग बनाई  उपयोग गर्न सकेमा सा-साना गल्लीहरु जहाँ  बिपदमा यातायात ,एम्बुलेन्स ,वारुणयन्त्र पुग्न सक्दैनन्  तेहाका जनताले राहत पाउने छ |

भर्खरै मात्र    केन्द्रीय बालकल्याण समितिले चुनाव अघि , चुनाबको दिन  र चुनाव पछी बिद्यालय हाताभित्र र बाहिर   कार्यक्रम  गर्ने , जुलुस  गर्ने  प्रचार  प्रशार गर्ने वा बालबालिकाको प्रयोग गर्ने जस्ता कार्य     नगर्नु भनि साबधान गरेको प्रति के भन्नु हुन्छ ?

मधु सुदन  –  पक्कै पनि हामीले हाम्रो केहि अधिकारको माग को लागी आवाज उठाउँदै गर्दा अरुको अधिकार माथि नै प्रश्न उठ्ने बाधा ब्यबधान    आइपर्ने  काम  हामि  कसैलेनि गर्नु हुन्न झन् राजनीतिक पार्टीबाट त हुने हुँदैन | बिद्यालय  शान्ति क्षेत्र  वरिपरी  जथाभाबी        तरिकाले   पोस्टर तास्नाले  नकारात्मक  असर त पर्छ नै ,  अर्को कुरा , आजको  यो २१औं  सताब्दी मा  प्रबितियुक्त   समाजमा हातहातमा   मोबाइल छ    सामाजिक  संजालका  माध्यमहरु  छन् , तेसैले पनि  अब  प्रभावकारी तरिकाले संजाल मार्फत नै  प्रचार्प्रशार गर्नुपर्छ जस्तो मलाई लाग्छ | 

केहि साना दलहरु बाट यो स्थानीय निर्वाचन प्रक्रिया  प्रति अशंतोष देखिन्छन् , चुनाव हुन दिदैनौ पनि भन्छन्, के यो चुनाव हुन्छ त ? 

मधु सुदन  –  यसमा के छ भने टाउको दुखेको ,अनि औसधि चैं नाइटोमा लगाएको भन्ने जस्तै हो |  किन   मैले  यसरि भनेको  भने ,स्थानीय स्तरको   चुनाव  भैसके  पछाडी  सिमाना  परिवर्तनको  कुरा,    जनजातिका अधिकारका   कुरा ,   मधेशी  मोर्चाका कुरा ,   राष्ट्रिय  भाषा      बनाउने   कुरा ,  नागरिकताका   कुरा यी सबै  मागलाई   यो चुनाव पछी  फेरी उठाउन नमिल्ने भन्ने नै    होइन | त्यसैले पनि यो स्थानीय चुनाव   जनतको सक्रिय सहभागितामा हुनुपर्छ  | तेसैले नै  हामीले  यो  नारा प्रस्तुत  गरेका छौँ  – ” वर्तमान संविधानको कार्यन्वयन बाट नै  रास्ट्रको निकास , समन्वय,सहकार्य सक्रियता बाट नै वडाको बिकाश ”

हामीले बनेको संबिधान लाई कार्यान्वयन गर्ने पहिलो खुड्किला नै स्थानीय चुनाव हो |

अन्तमा यस डर्बी खबर  मार्फत के सन्देश छोड्न चाहनु हुन्छ ?

मधु सुदन  – महत्वपूर्ण कुरा के हो भने ,रास्ट्रको आधार भनेको नै  गाउँ  वडाहरु टोलहरु हुन जुन  मिलेर सिंगो राष्ट्र बनेको छ  | त्यसैले पनि राष्ट्रको राष्ट्रियता  बचाउने, स्वाभिमानको जगेर्ना गर्ने राष्ट्रिय आत्मनिर्भरता को  कुराहरु  कस्ले उठान गरेको छ ,तेस्लाई बुझेर नेकपा  एमालेले  उठाएका  कदमहरु लाई  साथ दिनुहोस् , कसैको पनि लहैलहै मा नलागिकन रास्ट्रीयता जोगाउने अँधेरो हटाएर उज्यालो प्रकाश  छर्ने एमालेको सुर्य चिन्ह मा भोट हाल्न अनुरोध गर्छु |  राष्ट्रलाई प्रेम गर्न अनुरोध गर्छु |

धन्यवाद 

मधु सुदन  – धन्यवाद डर्बी  खबर लाई  पनि | नमस्कार  !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*