
काठमाडौं, २७ माघ । पुनरुत्थान पार्टी नेपालले प्रमुख दलहरुका कारण मुलुक बर्वाद भैरहेका आरोप लगाएको छ।
बिहिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पार्टीले यस्तो आरोप लगाएको हो।
पार्टी अध्यक्ष गोबिन्द बहादुर पौडेलले प्रमुख दलहरु नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा ओवादी केन्द्रलाई देश बर्वाद पार्ने अस्थायि ठेकदारको संज्ञा दिएका छन् ।
अध्यक्ष पौडेलले भने,‘वर्तमान स्थितिका जनता र देशका मालिक हौँ भन्ने राजनीतिक दलले देशलाई निकास दिने, जनताको भलाई र अन्यायमा परेकालाई न्यायको सास फेर्नको लागि कुनै प्रयास नगरीकन केवल सक्ता र भत्ताको लागि लड्ने काम गरिरहेका छन्।’
पार्टीका कानुनी सल्लाहकार कोषराज काफ्लेले संविधान आएपछि जनताले शान्ति अमनचयन र सुशासनको पक्षमा काम गर्छ भन्ने नेपाली जनताका सपनाले धोका खाएकोमा दुःख प्रकट गरे।
उनले भने,‘देश सखाप पार्नेबाहेक अहिले कुनैपनि उपलब्धि भएको छैन्, ठुला पद र प्रशासनिक क्षेत्रमा राजनीतिक भागवण्डा गरेर डुबाएका छन्, अझैपनि माओवादी, काँगे्रस, एमालेको काँधमा यो देश छोड्ने हो भने राज्य सखाप हुन्छ।’
उक्त पार्टीले अस्थायी शिक्षकलाई सरकारले अन्यायमा पारेको आरोप लगाएको छ । अस्थायी शिक्षक र कर्मचारीको लामो समयावधिमा देशको लागि दिएको योगदानको कदर गर्नुको साटो अन्यायमा पारेको आरोप लगाएको हो।
त्यस्तै अस्थायी शिक्षक सुर्यपूसाद तिवारीले अस्थायि शिक्षकका अधिकार राष्ट्रपति विद्यादेवि भण्डारीबाट खोसिएको आरोप लगाए।
उनले भने,‘मैले गणित विषयबाट एमए पास गरेको र विगत १९ बर्षदेखि राजधानीको प्रभात माविमा पढाईरहेको छु, म जस्ता अयोग्य शिक्षकले पढाएका बिधार्थीले के भनेर विश्वविद्यालयले मार्कसिट दिन्छ? अब हामीले राष्ट्रपति मान्य या के गर्ने सोच्ने बेला आएको छ।’
कार्यक्रममा बिश्व कर्ण, यादव पौडेल, शेरबहादुर खड्का लगायतले आफ्ना कुराहरू राखेका थिए।

प्रतिक्रिया