
बैशाख १३, बिहिबार , नमोबुद्ध नगरपालिका बाट ठमेलमा ब्यबसाय गर्ने नयाँशक्ति पार्टी नेपालका प्रतिनिधिहरुबीच आगामी निर्वाचनमा नयाँ शक्तिको भूमिका बारे बुधबार छलफल सम्पन्न भएको छ |
नमोबुद्ध नगरपालिका बाट उप मेयर को उम्मेदवारी दिने तयारी गरिसक्नु भएका नेपालका बरिष्ठ कार्गो ब्यबसायी एबं समाजसेवी कुमार दाहालले आफ्ना नेतृत्वमा गरिने आमुल परिबर्तन र बिकासका कार्य योजनाहरु प्रस्तुत गर्नु भयो |
अन्तरास्ट्रिय व्यापार नीतिमा थुपरै अनुभव संगाली सकेका दाहाल ले नेपालमा नमोबुद्ध नगरपालिकालाई सम्बृद्ध नगरपालिकाको रुपमा स्थापित गर्ने सकिने सम्भावनाहरु उपर चर्चा र छलफल गर्नु भयो| काठमान्डौको ठमेलमा बुधबार अपरान्ह ४ बजे आयोजना गरिएको उक्त छलफलमा नयाँ शक्तिका मात्र नभई अन्य पार्टीका सदस्य तथा प्रतिनिधि लगायत थुपरै पर्यटन ब्यबसायी युबाहरु र पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो |
दाहालले स्थानीय चुनाबमा नयाँ शक्तिको फरक र नयाँ सोंच लाई तदारुकताका साथ अघि बढाउन पार्टीकै नीति अनुसरण गरि पूर्ण रुपमा भ्रष्टाचार रहित योजनाहरु ल्याउने र कार्यन्वयन लाई द्रुत गतिमा अघि बढाउने प्रतिबद्धता समेत जाहेर गर्नु भयो |उहाँले भन्नुभयो ” धेरैले राजनीति गर्ने वा पार्टीमा लाग्ने व्यक्तिलाई भ्रस्टाचारी ,स्वार्थी हुन्छन भन्ने मात्र भुझेका छन् , तर तेसो होइन म र म जस्ता हामी धेरै छौ जो जसले आफुलाई केहि प्राप्त होस् भनेर होइनकी अरुलाई वा देश र समाजलाई के कति र कसरि केहि योगदान दिन सकिन्छ भनेर राजनीतिमा आउन बाध्य भएका छौं”|उहाँले नवोबुद्ध नगरपालिकालाई पर्यटकीयस्थल र कृषि ब्यबसायिक क्षेत्रको रुपमा बिकाश गर्ने आफ्नो योजना मात्र नभईआफ्नो सपना पनि भएको र तेस्लाई अवस्य पुरा गर्ने स्रोत सम्भावनाहरु आफुसंग भएकोले सरकारी सेवासुविधाको लालच नरहेको बरु पाइने सेवा सुविधालाई बिकाश निर्माणमै खर्चिन आफु तत्पर रहेको समेत डर्बी खबरलाई बताउनु भयो |

2 Comments