6 months ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
6 months ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
6 months ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
7 months ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
7 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
7 months ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
7 months ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
7 months ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
7 months ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


असार ६, २०७४ काठमाडौं  || नेपालमा मिडियाको विकास अति नै तीब्र गतीमा भईराखेको छ । केहि वर्ष यता देखि नेपालमा अनलाईन मिडियाहरुको प्रचलन बढ्दो छ । तर जतिसुकै मिडियाको विकास भएतापनि यसले उठाउने मुद्धामा भने खासै परिवर्तन आउन सकेको छैन । २१ औं शताब्दीको समयमा मिडियाबिनाको समाजको परिकल्पना नै गर्न सकिन्न । विश्वभरीनै मिडियाले समाजमा भएका र हुने गरेका घटना परिघटनालाई प्रस्तुत गर्ने गर्दछ । विश्वका विकसित मुलुकको तुलनामा नेपाल धेरै पछाडि भएपनि आजभोली नेपाली समाजमा यो एउटा अभिन्न अंगको रुपमा स्थापित हुंदैछ । आर्थिक अवस्था, सामाजिक सुरक्षा लगायतका विषयमा नेपाली मिडिया धेरै पछाडि रहेपनि मिडियाप्रतिको विश्वास नेपाली समाजमा विस्तारै कायम हुँदैछ । २०४६ को आन्दोलनपछिको मिडियाको ‘वाच डग’ को भुमिकाले सामाजिक र राजनीतिक पक्षमा निकै फड्को मार्न सफल देखिएको छ । नेपालमा २०६२/०६३ को जनआन्दोलनलाई सफल पार्न नेपाली मिडियाले खेलेको भूमिकालाई निकै महत्वपूर्णरुपमा हेर्नुपर्ने हुन्छ ।  पञ्चायतकालमा पार्टीका ट्याग लागेका मिडियामात्रै आफ्नो अस्तित्व कायम राख्न सफल थिए भने २०४६ सालको परिवर्तनपछि खुलेका नीजिस्तरका मिडियाले मिडिया क्रान्ति नै ल्याईदिएका छन । क्षमताका हिसाबले हेर्दा निकै अगाडि र सुविधा सम्पन्न मिडिया हाउसहरु नेपालमा वढ्दै गएपनि सत्य, तथ्य र निष्पक्षरुपमा काम गर्न सकेका छन की छैनन् भन्ने प्रश्न भने ज्यादै महत्वपूर्ण हुन जान्छ । नेपाली मिडियाले समाजमा राजनीतिक, आर्थिक, सामाजिक, मनोरञ्जन लगायतका क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गरिसकेका छन् । तालिम दिएर मिडिया पर्सन वनाउने थुप्रै इष्टिच्युट र कलेजहरुमा यससम्वन्धि तालिम र अध्ययन भईरहेको छ ।
अहिलेको देशको परिस्थितिलाई हेर्नुपर्दा राजनीतिक, प्रशासक, सुरक्षा निकाय, अर्थ र वाणिज्य, शिक्षा, स्वास्थ्य, मानव अधिकार, नागरिक समाज लगायत खराव तत्व र भ्रष्ट खेलाडीको वोलवाला बढेका कारण मिडियाले आफ्नो क्षेत्रलाई फराकिलो बनाउन सक्षम भएका हुन् । यसलाई हेर्ने हो भने अहिले देशको राजनीतिक परिवेश निकै असहज तथा भ्रष्टाचार तथा घुसखोरीको दबदबा रहेको प्रष्ट हुन्छ । मिडियाले पनि गुणात्मकरुपमा आफ्नो प्रगति गर्न नसकेकै हो । मिडियाले समाजको खवरदारी त गरेको छ तर मिडियाको भुमिका जुन रुपमा प्रस्तुत हुनु पर्ने हो त्यो हुन सकेको छैन । हाम्रा मिडियामा एकै प्रकारका मानिसका विचार प्रकाशन र प्रसारण गर्ने चलन छ । विशेषरुपमा राजनीतिक विषयबस्तुले धेरैजसो प्राथमिकता पाउने गर्छन् । जसको हातमा सत्ताको वागडोर रहेको छ । मिडिया पनि उनीहरुको पछि पछि नै लाग्ने गरेको तथ्य हाम्रा सामू छ ।
यद्यपि यो निष्कर्षसँग नेपाली मिडियाकर्मीको सहमति वा विमति दुवै हुन सक्छ । तरपनि अब मिडिया सचेत हुनुपर्ने बेला आईसकेको छ । मिडियामा कार्यरत व्यक्तिहरु राजनीतिक परिवेश, हाम्रो मुल्य, मान्यता, संस्कृति र समाजिक वनावटका कारण विकसित देशका मिडिया र मिडियाकर्मीसंग तुलना गर्न सक्ने खालका छैनन, यो सत्य हो तर हाम्रो देशको आर्थिक, सामाजिक र राजनीतिक परिवेशलाई हेर्ने हो भने नेपाली मिडियाले प्रस्तुत गरिरहेका भुमिकालाई कम आँक्न भने मिल्दैन । नेपाली मिडियाले प्रस्तुत गर्नुपर्ने विषयवस्तु र गुणात्मक पक्षलाई जोड दिनुपर्छ भन्ने सन्देश मिलेको छ । लामो समय मिडियामा छाईरहेका व्यक्तिलाई साईडनै लगाउन सकिदैन किनभने राजनीतिलेनै देशलाई अगाडि लैजाने भएकाले मिडियाले त्यस्ता व्यक्तिलाई पूर्णतया वेवास्ता गर्न भने मिल्दैन ।
अहिले नेपाली मिडिया जुन ढंगले चलिरहेका छन् त्यसमा आमुल परिवर्तन आवश्यक छ । आफ्ना कमीकमजोरीलाई पहिल्याएर स्वरुप वदल्ने कार्यमा विल्कुलै ढिलाई गर्नुहुदैन । अब विकास, निर्माण, आर्थिक लगायतका विषयबस्तुमा मिडियाको ध्यान पुग्नु अत्यावश्यक भईसकेको छ । यससँगै मिडियाले प्रस्तुत गर्ने विषयबस्तु समयसापेक्ष र कृषि, रोजगारी, शिक्षा लगायतका विषयबस्तुलाई महत्व दिने बेला आईसकेको छ । जसबाट मिडियाका मुद्धाहरु समयानूकुल होउन् । 

                                                                                                  –  कल्पना शर्मा  

 



Leave a Reply

Your email address will not be published.

*