
असार–३०, लम्की ।। कैलालीको लम्कीचुहा–१ पूर्वलम्कीमा रहेको शहिद स्मृति माध्यमिक विद्यालयमा शुक्रबार एक कार्यक्रमका वीच कम्प्युटर हस्तानन्तरण गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवल बहादुर भूलको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका नवनिर्वाचित मेयर महादेब बजगाईँ रहनु भएको थियो भने विशिष्ट अतिथिमा उप–मेयर टिका थापा रहनु भएको थियो । कैलाली क्षेत्र नं. २ का माननिय सांसद महोन सिङ राठौरद्धारा सांसद विकास कोषबाट निकासा रकमले खरिद गरिएको एक थान कम्प्युटर सेट मेयर बजगाईँ, उपमेयर थापा लगायतका जनप्रतिनिधिहरुले संयुक्त रूपमा विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवल बहादुर भूल र प्रधानाध्यापक नोबेन्द्रा बराललाई हस्तानान्तरण गरिएको थियो ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका वडा नं. १ का नवनिर्वाचित वडा अध्यक्ष जनक बम, नगरपालिका कार्यपालिका सदस्य विर्मा वि.क., वडा नं. ६ का वडा सदस्य प्रबल रोकाय लगायतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँले नगरपालिकामा रहेका केही सामुदायिक विद्यालयहरुलाई मर्ज गर्नुपर्ने अवस्था आएकाले चाँडै छलफल गरी मर्ज गर्ने तयारी गरेको बताउनु भयो ।
बजगाईँले आजको युगमा विद्यलायमा कम्प्युटर शिक्षा अति आवश्यक रहेको भन्दै अँझै सामुदायिक विद्यालयहरुलाई कम्प्युटर उपलब्ध गराउन आफुले विशेष पहल चाल्ने बताउनु भयो ।
मेयर बजगाईँले लम्कीचुहा क्षेत्रमा शैक्षिक माफियाहरु धेरै भएकाले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न अब नगरपालिकाले विशेष पहल चाल्ने बताउनु भयो ।
विद्यालयकी प्रधानाध्यपक नोबेन्द्रा बरालको स्वागत मन्तव्य सँगै सुरू भएको कार्यक्रको सञ्चालन विद्यालयका शिक्षक नवीन देवकोटाले गर्नु भएको थियो ।

अहिले शिक्षामा कम्प्युटरलाई अनिवार्य वनाईयको समयमा यस्ता धेेरै विद्यालयहरु छन जहाँका विद्यार्थीहरुले कम्प्युटरलाई किताबको पानामा मात्र देेखेका छन। यो
सही कुरा