1 week ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
2 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
4 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल


कैलाली साउन ९, कैलालीमा लागु औषध प्रयोग गर्नेहरुको सख्यामा वर्षेनी बृद्धि हुदै गएको एक तथ्याङ्कले देखाएको छ । गत वर्ष भन्दा करिव ५० प्रतिशतले लागूऔषध प्रयोग गर्नेको सख्या बढेको हो ।आर्थिक वर्ष २०७२÷०७३ मा लागूऔषध सम्बन्धी जिल्ला प्रहरी कार्यालय कैलालीमा २३ वटा मुद्धा दर्ता भएकोमा आर्थिक वर्ष २०७३÷०७४ मा ३६ वटा मुद्धा दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७२÷०७३ मा २३ मुद्धामा ३३ जना पक्राउ परेका थिए भने गत आर्थिक वर्षमा ३६ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढामगरले जानकारी दिनु भएको छ ।

बुढामगरका अनुसार चरेश, नाईट्रोभेट, स्पास्मोप्रक्सोभन, अपिडोल क्यापटप र ब्राउन सुगरका प्रयोग कर्ता र ओसार प्रसारमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको छ ।भन्सारमा कडाई गरीए पनि खुल्ला सीमानाकाका कारण लागूऔषध ओसारपसारमा संलग्नहरुलाई नियन्त्रणमा लिन कठिनाई हुने गरेको प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढामगरल बताउनु भयो ।

बेला बेलामा सीमामा हुने समस्यालाई समाधान गर्न दुई देशबीचको बैठकमा लागूऔषध नियन्त्रणबारे छलफल हुने गरेपनि खुला नाकाका कारण कठिनाई उत्पन्न हुने गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रीजालले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी रिजालले भन्सारमा रहेका दुवै देशका सुरक्षा निकायले बेलाबेलामा लागूऔषध नियन्त्रणमा लिने गरेको भएपनि नेपालमा प्रतिबन्धित औषधिहरु सीमा नजिकैको भारतीय बजारमा भने खुलेआम विक्री वितरण हुने भएका कारण नियन्त्रणमा समस्या हुने गरेको बताउनु भयो ।

नवीन देवकोटा-संवाददाता

 

 



3 Comments

  1. हिक्मत says:

    लागू आैषधि प्रयोग गर्नेमा अहिले 12 वर्ष उमेर समूह देखि माथिका रहेका छन्। यो सानै उमेरका समुहले लागू आैषधि मा फस्नुको मुल कारण पहिलो जथाभावी लागू अौषधिको विक्री बितरणले हुनले दोस्रो कारण अविभावक हरुले अाफ्नो बच्चाको व्यबहारमा ध्यान नदिनाले हो। यसको व्यबस्थापन गर्नुपर्ने जिम्मा अहिले स्थानिय तहमा रहेको छ। यश विषयमा स्थानिय तहले सबै भन्दा पहिले मादक पदार्थ तथा सुर्ति जन्य पदार्थ मुक्त स्थानिय तहलाइ घोषणा गर्नु पर्छ र यस्तो किसिमको कार्य गर्ने व्यक्तिलाई कड भन्दा कडा सजाय दिन व्यवस्था गर्नु पर्दछ।माथि उल्लेखित कार्य गर्न नसकेनि यसको विक्रि वितरणको व्यवस्थापन गर्नुपर्ने अावश्यक्ता रहेको देखिन्छ। हैन भने देशलाई नै संकट पर्ने सम्भाबना देखिन्छ।त्यसैले सबैभन्दा पहिले स्थानिय तहले यश विषयलाई पहिलो कार्यको रुपमा हअथवा पहिलो योजनाको रुपमा लिनुपर्ने अावश्यक्ता देखएकोछ।

  2. Navin Devkota says:

    Hikmat ji ko bichar aatantai ramro lagayo! Yestai feedback ko sadhai aapacheya cha!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*