3 weeks ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
1 month ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
1 month ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
1 month ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
1 month ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल
1 month ago
केशव र जुनाको देखेको पाइन्न बोलको गित , भिडियो सहित सार्वजनिक
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १८ गते बिहिवार को राशीफल


डर्बीखबर डट कम् ।।


 चैत्र १९  काठमाडौँ ।। क्रमश पुस्तान्तर हुंदै जांदा कतिपय परापुर्व कालदेखि चलनचल्तिमा आएका हाम्रा धार्मिक,सांस्कृतिक रितिरिवाज हरु छोडिंदै आएका छन् । पुखाले चलाउदै आएका,मान्दै आएका यस्ता सांस्कृतिक परम्परा हरुलाई जोगाईराख्नु हामि सबैको दायित्व हो । कर्तव्य हो । यि र यस्ता सांस्कृतिक धरोहरको संरक्षण गरी भावि पुस्तालाई जानकारी सहित सुम्पिनु अग्रजको दायित्वमा पर्दछ ।
नेपाली नारी हरुको पर्व हरितालीका तिज आउनु एक महिना अंघिदेखिनै गाउ–गाउमा,टोल,टोलमा नाचगान गरेर प्रत्यक दिन रमाइलोगरी नारीका वर्षभरीका पिडाहरु गितमार्फत व्यक्त गर्दथे ।

त्यो परम्पराले गाउ , टोलमा ,समाजमा मिलेर बस्न सघाउ पुर्याएको थियो । अहिले त्यो परम्परा विस्तारै पाटिप्यालेसमा पास्चात्य संगितमा दर खाने निउमा डिस्को नाच्ने , गहना प्रदर्शन गर्ने र पेय पदार्थ रक्सी,वाईन खाएर लठ्ठिने जस्ता विकृति हरुमा परिणत भएको छ । भड्किलो हुंदै गएको छ र तिजको वास्तविक मर्म ओझेलमा पर्दै गएको छ । यस्तो हुनुको प्रमुखकारण नेपालमा भएको १० वर्षे जनयूद्घ प्रमुख हो । भने अन्यमा टेलिभिजन,सोसल मिडिया र संञ्चारमाध्यमबाट भित्रिने विकृति नै हो । त्यसकारण् हाम्रा नयां पुस्तालाई वास्तविक संस्कृतिको ज्ञान दिनु अनिवार्य छ ।

विगत १० वर्षे द्धन्दकोकुरा गर्दा जसको कारणले मौलिक प्रचलनमा रहेका धेरै चाडपर्वहरु विस्थापित हुन पुगे । कतिपय ५–६ दिन लगातार चल्ने जात्राहरु छोट्याएर विधि पु¥याउने काम मात्र गरेर निरन्तरता दिन थालियो । फलस्वरुप भावि पुस्तालाई त्यसको वास्तविक मर्मनै थाहा भएन त्यस सम्बन्धि ज्ञान नै हुन पाएन ।

अर्कोतर्फ विदेशिको सिको गर्दैजानाले बढ्दो प्रविधीसंगै भित्रिएका भाईवर,म्यासेन्जर,युटुव,गुगल जस्ता माध्यमले विश्वका कुरा,धर्म,संस्कृति घरमै बसेर हेर्न,सुन्न र अवलोकन गर्ने सुविधा उपलब्ध हुंदा अवको पुस्तालाई हाम्रा धर्म संस्कृतिलाई प्रविधि संगै अपडेट गराउन नसक्नु पनि हामिहरुको मुख्य कमजोरी रहेकैहो । पश्चिमा संस्कृति हरुले मनाउदै आएका अंग्रेजि नयांवर्ष,प्रेम दिवस जस्ता चाड पर्व हरुमा विशेष रुचिहुनु पनि गुगलकै परीणाम हो त्यहिंवाट सिक्ने र व्यवहारमा लागु गर्ने गर्दछन तसर्थ हाम्रा चाड,वाड,संस्कृति हरुलाई पनि आधुनिक मिडियाको सहज पहुंचसम्म पु¥याउन सक्नेहो भने केहिंहदसम्म सहयोग पुग्ने देखिन्छ ।

हाम्रो शिक्षा प्रणाली पनि भड्किलो र विदेश मुखी हुंदैगएको छ । ए लेवल नेपालमा पढाएर उत्पादित त्यो युवालाई के चाहिं रोजगार दिने ? उसलाई सिधै विदेश जा भनेको होइन ? अर्कोतिर अंग्रेजिभाषलाई ग्रहायता दिंदा हाम्रा परापुर्व कालदेखीका नेपाली,संस्कृत,भोजपुरी जस्ता भाषा लोप हुंदैजाने र पुराना अभिलेखहरु पढ्ने जनशक्तिको अभाव हुने अवस्था नआउला भन्न सकिंदैन । जस्तै उच्चशिक्षा हासिल गरीसकेका भाई,वहिनी हरु नेपाली अंकमा झुक्किएको सहजै देख्नपाईन्छ । त्रिपन्न भनेको कतिहो इंग्लीसमा भन्नुस न यस्ता प्रतिउत्तर पाईन्छ । बिदेशि पर्वहरु जस्तै न्यू ईयर,प्रेम दिवस आएको एक महिना अंघिबाट चहलपहल सुरुहुन्छ । ति तिथि मिति हाम्रा नयांपुस्ताका भाई,वहिनी हरुलाई कण्ठै हुन्छ र खुलेर मनाउंछन् तर हाम्रो नयांवर्ष लगत्तै आउंदैछ त्यस्तो चहलपहल देखिंदैन कारण हाम्रा अग्रजहरुले हामिलाई दिएको ज्ञान र हामिले दिने ज्ञानको कमि र भावी पुस्तालाई हाम्रा चाडपर्व हरुको महिमा को वारेमा जानकारी गराउन नसक्नु नै हो ।
तसर्थ यिसबै समस्याबाट मुक्तिदिलाउन आफ्ना सन्तती हरुलाई आफुले मान्ने चाड पर्व,धर्म,संस्कृतिका वारेमा सानै देखि जानकारि गराउंदै लैजानुपर्ने आवस्यक्ता छ । हाम्रा पाठ्यक्रम हरुमा यस्ता संस्कृति संग जोडिएका चाडपर्व,धर्म संस्कृति हरुको प्रयोगात्मक कोर्स राख्नुपर्ने आवस्यक्ता देखिन्छ अनिमात्र केहिंहद सम्म सुधार गर्न सकिन्छ ।


✍️ ✍️ ✍️ -दयानिधि खनाल



2 Comments

  1. Bijaya pandey says:

    Dherai kura thapaye

  2. rosy thakuri says:

    ramro lagyo sujhab jastai chha…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*