3 weeks ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
4 weeks ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
5 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल




काठमाडौँ ११ गते ,।। गित संगीतको दुनियाँमा ”  म तिम्रो शर छोडी टाढा , टाढा जाँदैछु , तिमि सँग कहिल्यै नभेट्ने कसम खाँदैछु ” बोलको गित नसुन्ने को होला र ? यो  गित झन्डै तिन दशक भन्दा अगाडी देखि आज सम्म पनि चर्चित गित मध्यकै एक हो ।यस गीतका रचनाकार बि. बी. थापा पनि उहिले देखि अहिले  सम्मकै एक उत्कृष्ट रचनाकार रुपमा स्थापित हुन्हुन्छ उहाँ अहिले पनि गित लेख्न वा रचना गर्न मै तल्लिन हुनुहुन्छ उहाँको नेपाली गित संगीत प्रतिको लगाव यस्तो गहिरो छ कि थुप्रै रचना गर्दा गर्दै  अब फेरी नयाँ सोलो एल्बम चांडैनै  आफ्ना स्रोताहरुलाई  पस्कने तरखरमा हुनुहुन्छ ।

अब आउने नयाँ एल्बममा बिभिन्न फ्लेभरको गित सुन्न पाइने   जानकारी उहाँले दिनुभएको छ । डर्बी मिडिया सँग आफ्नो नयाँ एल्बमको बारेमा जानकारी  गराउने क्रममा उहाँले एल्बममा जम्मा ५ वटा गित समावेश हुने बताउनु भयो । यो एल्बममा अब एउटा गीतको मात्र फाइनल काम बाँकी रहेकोले आउने असारको पहिलो हप्ता भन्दा धेरै कुर्नु नपर्ने पनि उहाँले स्पष्ट पार्नु भयो । ”यो एल्बममा प्रेम सम्बन्धि गितहरुनै समावेस गरिएको र यस एल्बमको नाम लब-गुरु रहने छ ” उहाँले हास्दै भन्नुभयो ‘हजुरलाई लबगुरु थापेर दक्षिणामा  आफ्नै दिल राखेर ‘ बोलको गीतबाट आफु धेरै आशावादी रहेको समेत उहाँले बताउनु भयो ।





असारको पहिलो हप्तामा बजारमा ल्याउने तयारी रहेको यस एल्बममा रहेका गीतहरु मध्ये एउटा गीतको  म्युजिक भिडियो समेत बनाएर स्रोताहरु माझ पस्कने तयारी रहेको छ । यस एल्बममा गीतकार स्वयं बिबी थापा , स्वरमा रुपक डोटेल र मुजिक एरेन्ज मा मनोज चौलागाई तिनै जनाको सोलो परफरमेन्स रहेको छ  बिगतमा थुपरै चर्चित गीतहरु जस्तै कि ‘पुरानो डुंगा पानीको छाल ‘, ”परदेशबाट छोरो फर्केन ” ,”थाहै थिएन दिल आगो बिना नै ” , ”त्यो सानो गाउँको जन्मेको ठाउँको सम्झना आउँदा ”आदि इत्यादि गीतका सर्जक सृजनाकार बिबी थापाको यो नयाँ एल्बम चाडै आउंदै छ भने  उहाँको सृजनाहरुमा अरु थुपै मनमोहक गितहरुको संग्रह अर्थात नयाँ  एल्बमको  तयारी भैरहेको रहस्य डर्बी मिडियामा खोल्नुभयो । गित संगीतको दुनियाँमा नेपाली गित लाई माया गर्नु पर्ने र सुगम गीतहरुको स्थानमा अरु कुनै गीतले लिन नसक्ने उहाँको धारणा रहेको छ ।

                                                                         –  दिनेश खनाल 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*