3 weeks ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
4 weeks ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
5 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल


राजेन्द्र रावल-
असार १९,बौनीया“।।


‘आउ नाचौ’ बोलेको गीतको पार्ट वानको अपार सफलता पछि मोडल बीर चौधरीको अभिनय रहेको ‘आउ नाचौ’ पार्ट टु को भिडीयो बजारमा आउने भएको छ । आईतबार काठमाण्डौमा छायांकन सकिएसंगै छिट्टै नै म्यूजिक भिडियो सार्वजनिक हुने तयारी भैरहेको मोडल बीरले जानकारी दिएका छन् ।

नेपाली डिजेगीत ‘आउ नाचौ’ पार्ट वानमा हट मोडल चन्दा दाहालसंग रोमान्स गरेका मोडल चौधरीले ‘आउ नाचौ २’ मा पछिल्ले समयकी चर्चित नायिका तथा मोडल सिल्पा पोखरेलसंग रोमान्स गरेका छन् । नायिका पोखरेल नेपाली सिने जगतकी चर्चित नायिका तथा मोडल हुन । मोडल चौधरीको अभिनय रहेको यस अघि बजारमा आइसकेको ‘आउ नाचौ’ पार्ट वान नेपाली म्युजिक भिडियोको १८ लाख १४ हजार भन्दा बढी युवट्व भिउ रहेको छ । ‘आउ नाचौँ’ पार्ट टु म्युजिक भिडियो पनि सार्वजनिक भएपछि दर्शक दिर्घाबाट वाहवाही पाउने यस गितका रचइता तथा संगीतकार विनय वैद्यले विश्वास लिएका छन् । विनय वैद्यको शब्द संगीत रहेको गीतमा गायक रोशन रत्गैया र गायिका शिक्षा ढुंगेलले स्वर दिएका छन् । क्रान्ती केसीद्वारा निर्देशित म्युजिक भिडियोको प्रोड्युसर राम ढुंगेल रहेका छन् ।

मोडल चौधरी थारु समुदायका चर्चित मोडलका रुपमा चिनिन्छन् । मोडल चौधरीका दर्जन भन्दा बढी म्युजिक भिडियो सुपरहिट भैसकेका छन् । मोडल चौधरी नेपाली, थारु, कठरिया थारु, हिन्दी लगायत गीतमा समेत मोडलिङ गरिसकेका छन् । मोडेल बिर चौधरी कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका २ बौनीयाका स्थायी बासीन्दा हुन् । उनि सो क्षेत्रबाट बिगत लामो समय देखी मनोरञ्जनको दुनीयामा क्रियासील रहेका छन् । कैलाली जिल्लाको प्राय हरेक मेल महोत्सवहरुमा पछिल्लो समयमा चौधरीको उपस्थिती अनिवार्य जस्तै रहने गर्दछ । यसका साथै उनी देसभरीनै हुने बिभीन्न सांस्कृतीक कार्यक्रममा प्राय व्यवस्तनै रहने गर्दछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*