3 weeks ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 weeks ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
2 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
3 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
3 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
3 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
3 months ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल


काठमाडौँ  ।। शाकाहारीले कुखुराको फूललाई आफ्नो आहार सुचीमा संलग्न गरेका छन् यसलाई उनीहरुले शाकाहारीको श्रेणीमा राखेका छन् तर यो फूल कुुखुराले पार्दछ । अर्को तर्फ मांसाहारीले यसलाई आफ्नो आहार सुचीको अभिन्न अंग मानेका छन दाबी गर्दछन् । फूललाई प्रोटिनको उत्कृष्ट श्रोतको रुपमा मानिन्छ । यस्को सुपाच्यताका कारण यो आर्दशका रुपमा सवै उमेर समुहका लागी सुहाउदो मानिन्छ । फूलले शाहाकारी आहार सुचीमा बढ्दो रुपमा स्व्ीकार्यता पाउदै गरेको देखिन्छ । खास गरी शहरी क्षेत्रमा जस्को परीणाम महानगर एंव शहरी एंव शहर उन्नमुख क्षेत्रमा यस्को माग बढ्दो छ तीब्र रुपमा ।

कुखुराको फूल बिशिष्ट संरचनाबाट बनेको हुन्छ जस भित्र कुखुराको शरीर बाहीर भ्रुणको बिकाश हुन्छ । प्रकृतिले फूल भित्रनै बिकशीत हुदै गरेको भ्रुणको लागी चाहीने सवै खाले खाद्यय सामाम्री को व्यवस्था गरेको हुन्छ । यसरी फूलले बिकशीत हुदै गरेको भ्रुणलाई सुरक्षीत गर्नुका सार्थ पूर्ण आहार उपलब्ध गराउछ जुन चल्ला कोरली सके पछि को ा४८ घण्टाको लागी पुग्ने हुन्छ । पूणै बिकशीत फूल फूलको बोक्रा दुई (मेम्वरान) झिल्ली एलबुमिन वा सेतो भाग योल्क वा पहेलो भाग तथा जमीनले डिस्क बाट बनेको हुन्छ ।

शेल फूलको बाहिरको भाग मानिन्छ । यो र दुइ अरु झिल्ली मिलेर फूल भीत्रका अन्य सामाग्रीहरुको लागी सुरक्षा कबच बनाउँछ । बोक्रामा हुने कुनै क्षतीले फूल भीत्र भएको खान हुने भागको गुणस्तरमा हस आउँछ । ओथारेको बेला फूलको बोक्रा बिकशीत हुदै गरेको भ्रुणको लागी कमालसीयमको आपुर्ती श्रोतको रुपमा काम गर्दछ । फूलको बोक्रामा हुने छिद्र तथा झिल्लीहरुले फूल भित्र बाहीर ग्यास हरु सापफेर गर्न मद्दत गर्दछ जस्ले भ्रूणलाई स्वास प्रस्वास गर्न सजिलो हुन्छ ।फूलको बोक्रा नाजुक तथा सजीलै फुट्ने खालका हुन्छन् । फूलको बोक्रा र झिल्ली मिलेर फूलको कूल तौलको ११ प्रतिशत भाग ओग्छ ।

फूलको बाहिरी र भित्रि झिल्ली हुने गर्दछ । भित्री र बाहिरी झिल्लीहरु क्रमस :
दुई वा तीन तह वा बढी एकै खाले असंगठीत एक आपसमा गासिएका गुथिएका प्रोटिनका रेसाको संजाल बाट बनेको हुने गर्दछ । यी झिल्ली धेरै पातलो त हुने गर्दछन् तर पनि एकदम कठोर र बलियो हुने गर्दछन् । यी झिल्लीहरु एव बोक्रा मिलेर फूलको भित्रि भागको सवल सुरक्षा गर्दछन् । फूलपार्ने वेलामा फूलमा कुनै वायु कोशीका हुदैन । फूलभीत्रको सामाग्रीहरुले फूलको बोक्रा पुरै ओगटेको हुन्छ । कुखुराको शरीरमा फूल करीव ४० डिग्री सेन्टीग्रेण तापक्रममा रहेको हुन्छ । फूल पारी सकेपछि या क्रमस कम तापक्रममा उजगार भइरहेको हुन्छ ।

फूल जसै बाहीरीह हावाको संर्पकमा आउछ फूलको बोक्राको माथिल्लो परतको चिस्यान वाष्पीकरणका सारण सुकेर जान्छ । बाष्पीकरण तथा न्युन तापक्रमको संर्पकका कारण फूलमा चिस्याइलो प्रभाव पार्दछ । जस्ले फूलमा भएका भित्रिसामाग्रीहरु सुम्चिन पुग्दछन । बोक्राा भन्दा योक र अबलुमीन बढी सुम्चन्छन् । सामान्यतया फूलको फराकिो भाग तीर बायु कोशीका अवस्थीत हुन्छ ओथारोको अतीम आवश्थामा फूलभित्रको चल्लालाई सास फेर्न आवश्यक पर्छ चल्लाको चुच्चो यतै पटि फर्किएको हुन्छ ।

फूलको सेतो झिल्लीएलवुमेन , सफा पारदर्शी बेरँग चिपचिपे भाग पहेलो दाग सहित को हुने गदर्छ । सिलाई एलवुमेन स्किारण भनिन्छ कि यो पकाउदा दुध जस्तो निख्खर सेतो भएर गुजील्टीन्छ । सामान्य तया फलमा वाक्लो सेतो र तरल सेतो गरी यस्को प्रष्ट दुइ भाग हुने गर्दछ । अलवेमेनले कूल फूलको ५८ प्रतिशत तौल ओगट्छ जसमध्ये ३४ प्रतिशत बाकलो र बाँकी पातलो सेतो भागले लिने गर्दछ ।
योक फूलको पहेलो भाग अबलुमेन भीत्र संलग्न भएको पहेलो सामाग्री मानिन्छ । यो फूलको महत्वपूणै भाग मानिन्छ। यस्मा बिकशीत हुदै गरेको भ्रुण तथा चल्ला कोरेली सकेपछिको केही दिनका लागी चाहीने महत्वपूर्ण पोषक तत्व हुने गर्दछ ।

बाँझो (बतासे) फूल :
बाझो बतासे फूलमा पोथीको प्रजनन नामीक भालेको शुक्रकिटाणु सँग समागम भई निषेचित भएको हुदैन । यस्ता फूलहरु चल्लाउत्पादनगर्न असक्षम हुने गर्दछन् र निष्प्राण फूल मानिन्छन् । बतासे फूलमा अनुकूलतम ओथारोका बातावरण हुदा हुदै पनि जनन भ्रुण कोशीका को बिकाश हुदैन । यदि बाझो बतासे फूल उत्पादन गरीने हो भने पोथी सँग भाले मिसाएर राखिनु हुन्न नत पोथीलाई कृत्रिम गर्भाधान गराउनु पर्छ । कहिले काही कृत्रिम गराएको कुखुराको बथानमा वा भाले लगाएकोमा पनि केहि प्रतिशत फूल बतासे बाझो हुने गर्दछन् । यसैले यस्ता फूल लाई शाकाहारी भनिन्छ ।

उर्बर फूल :
यस्ता खाले फूलमा जनन कोशीकाहरु भाले को शुक्रकिट सँग समागम भई निषेचित भएको हुन्छ । यो निषेचन प्रकृया फूल पार्ने २५ घण्टा पहले हुने गर्दछ । निर्षचित भए लगतै प्रजनन नामीक बतासे फूको भन्दा ठूलो हुन्छ । ओथारोमा राखेको २–३ दिन पछि उर्वर फूल पहिचान गर्न सकिन्छ जव फूलमा प्रकाश पठाई जाँच गर्दा बिकशीत हुदै गरेको भ्रुण प्रष्ट देखिन्छ । यो खैरो बोक्रा भएको फूलमा भन्दा सेतो वोक्रा भएको फूलमा सजिलै छुट्याउन सकिन्छ । यसरी अव हामी प्रष्ट हुनसक्छौ कुन फूल शाकाहारी श्रेणीमा प¥यो कुन माशाहारीमा आजका व्यापारीक व्यावसायीक लेयर पालन यसै सिद्धान्तमा आधारित छन्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*