
#सर्पले मान्छेलाई टोक्यो, मान्छेले पनि सर्पलाई टोके
तपाईंलाई सर्पले डस्यो भने के गर्नुहुन्छ ?
?
??
???
????
आम मानिसले दिने सोझो उत्तर हुन्छ, उपचार गर्छु । तर, केही यस्ता मानिस पनि हुन्छन्, जसले आफूलाई टोक्ने सर्पसँग बदला लिने पनि सोच्छन् ।
एउटा यस्तै, सुन्दा पनि अचम्म लाग्ने घटना भारतीय गुजराँतको महीसागर जिल्लाअन्तर्गत सन्तरामपुर तहसील गाउँमा घटेको छ ।
सन्तरामपुरका ६० वर्षीय पर्वत गाला नामका बृद्धलाई सर्पले डसेको थियो । सर्पले डसेर आक्रोसित बनेका पर्वतले उल्टै सर्पलाई टोकिदिए ।
स्थानीयका अनुसार पर्वतले आफूलाई डस्ने सर्पलाई समातेर उसको टाउको डाँतले चपाइदिएका थिए । पर्वतको टोकाइबाट शरीरभरि विष फैलिएपछि एकछिनमै सर्प म¥यो ।
सर्पको डसाइबाट पर्वतको शरीरमा पनि जहर फैलिएको थियो । सर्प मरेको केही बेरमै पर्वतको पनि मृत्यु भयो ।
स्थानीयले पर्वतलाई अस्पताल पु¥याएका थिए । तर, चिकित्सकहरुले उनलाई मृत घोषित गरिदिए ।स्रोत -खबरहब
ब्रासिलिया । । दक्षिणी ब्राजिलमा ९ करोड वर्ष पुरानो डाइनोसरको अवशेष फेला परेको छ । अवशेष ५ फिट लामो रहेको जनाइएको छ ।
ब्राजिलको पाराना राज्यस्थित क्रुजेरियो डो ओस्ट शहरमा ९ करोड वर्ष अघिको भेस्पेरसरस पारानाइनेसिस डाइनोसरको अवशेष फेला परेको हो । मारिङ्गा राज्य विश्वविद्यालय, साओ पाउलो विश्वविद्यालय तथा क्रुजेरियो डो ओस्ट जीवाश्म संग्रहालयका ब्राजिली र अर्जेन्टाइन जीवाश्मवैज्ञानिकहरुले उक्त अवशेष फेला पारेको जनाइएको छ ।
मरुभूमीय वातावरणमा घुलमिल भएको त्यस डाइनोसरले नङ्ग्राको प्रयोग गरी शिकार गर्ने गरेको थियो । ब्राजिलको दक्षिणी क्षेत्रमा ९ करोड वर्षअघि मरुभूमीय वातावरण रहेको बताइन्छ । त्यस क्षेत्रमा ३ करोड वर्षअघिसम्म डाइनोसरको बसोबास रहेको वैज्ञानिकहरुले जनाएका छन् ।
वैज्ञानिकहरुका अनुसार उक्त डाइनोसर ५ फिट लामो, दुई खुट्टे र स–साना जनावरको शिकार गर्ने प्रजातिको थियो । यो डाइनोसरको अस्थीपञ्जर निकै कमलो रहेको समेत वैज्ञानिकहरुले जनाएका छन् ।
डाइनोसरको अवशेष पत्ता लागेको क्रुजेरियो डो ओस्टमा सन् १९७० को दशकमा किसानहरुले पहिलोपटक डाइनोसरको अवशेष फेला पारेका थिए । श्रोत-खबरहब

प्रतिक्रिया