1 week ago
बिक्रम आचार्य को “बसमाया”बोलको गीत भिडियो सहित सार्बजनिक
1 month ago
आज मिति २०७७ साल असोज २७ गते मंगलवारको राशीफल
2 months ago
आज मिति २०७७ साल असोज २१ गते बुधवारको राशीफल
2 months ago
नेता तथा कार्यकर्ता समेत यतिबेला सुनसरीमा पार्टी प्रवेशप्रवेशको होडबाजी
2 months ago
रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा
2 months ago
अमेरिका र भारतका विदेशमन्त्री बीच टोकियोमा भेटवार्ता हुने
2 months ago
विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित WHO
2 months ago
भारतीय चर्चित गायिका नेहा कक्कडले रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी
2 months ago
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग
2 months ago
आज मिति २०७७ साल असोज २० गते मंगलबारको राशीफल पञ्चाङ्ग सहित्


आज – १४ साउन २०७६ मंगलवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनिक कार्यमा प्रगति हुनेछ । समाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । शुभकार्यको चर्चा चल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । दैनिक कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । विद्या र बुद्धिको विकास हुनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । सरकारी निकाएको भय रहला । व्यर्थको सास्ति खेप्नु पर्नेछ । व्यस्तता बढ्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । शिक्षामा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा निरासा र शरीरमा आलस्य आउला । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । विवादपनि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घर व्यवहारमा झमेला रहला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

खुसि रहने ५ उपायहरु:-यी पाँच काम गरेर सदा खुसि रहनुहोस्

बदलिँदो समयसँगै मानिस अरुका व्यवहारबाट आजित हुने होइन की आफुलाई पनि समयसँगै बदल्नु पर्दछ । आफ्नो मनलाई शान्त राख्नुपर्छ ।
अरुसँग रिसाउनु वा ठुस्किनुको साटो आफुलाई सकारात्मक कार्यमा व्यस्त राख्नु उत्तम हुन्छ । रचनात्मक कार्यले मनलाई खुसी र सन्तुष्ट पार्दछ । मानिसले आफुलाई खुसी राख्न केही नियम वा व्यवहारको पालना गर्नुपर्दछ । ती मध्ये केही यस्ता छन् ः
१. समयको पावन्दीः यदि तपाइँलाई केही काम गर्न दिइएको  छ वा कसैसँग भेट गर्नका लागि कुनै समय निर्धारण गर्नुभएको छ भने यो कुरामा ध्यान दिनुहोस् । समय सीमा भित्र काम गरिभ्याउनु नै समयको व्यवस्थापन हो । चाहे तपाइँ कामकाजी हुनुहोस् वा गृहिणी सबैले आफ्नो निर्धारित कामका लागि निश्चित समय छुट्टाउनुहोस् । यदि तपाइँले समय तालिका बनाएर निर्धारित समयमा निर्धारित काम गर्नुभयो भने तपाइँले जिवनमा सफलता तथा खुसी प्राप्त गर्न सक्नुहुन्छ ।
२. आफैलाई उपहार दिनुहोस्ः तपाइको जिवनशैली चाहे जतिसुकै व्यस्त किन नहोस् केही समय आफ्नो लागि अवश्य निकाल्नुहोस् । यसरी निकालेको समय यस्तो हुनुपर्छ की त्यसमा तपाइँमाथि कुनै दबाब हुनु हुँदैन । त्यस समय तपाइँले आफ्नो रुचीको कुनै काम गर्नुहोस् । मनपर्ने गीत सुन्न सक्नुहुन्छ, किताब पढ्न सक्नुहुन्छ वा सृंगार ।
३. सकारात्मक सोचः भनिन्छ जसले जस्तो सोँच्दछ ऊ उस्तै हुन्छ । त्यसैले आफ्नो मनमा सदैव सकारात्मक सोँचाइ बनाउनुहोस् । नकारात्मक सोँचाइ लिनबाट बँच्नुहोस् । थोरै बिरामी हुँदा समेत मनोबल उच्च पार्नुहोस् र सोँच्नुहोस् की म स्वस्थ छु र सदैव स्वस्थ रहनेछु । तपाइँसँग नभएको चिज सम्झेर वा कल्पना गरेर मन दुखाउनु भन्दा आफुसँग भएको चिजसँग खुसी हुन सिक्नुहोस् ।
४. पौष्टिक आहारः पोषण विशेषज्ञहका अनुसार सरीरलाई फिट राख्नका लागि सन्तुलित आहार हुनु आवश्यक हुन्छ । हरेक दिन बिहान नास्ता गर्नुहोस् । खानामा सागपात, गेडागुडी, सलाद आदि अनिवार्य रुपमा समावेश गर्नुहोस् ।
५. पर्याप्त निद्राः विशेषज्ञहरुका अनुसार रातमा तपाइँ जति गहिरो निद्रा सुत्नुहुन्छ अर्को बिहान उति नै आफुलाई ताजा महसुस गर्नुहुन्छ । त्यसैले रातमा पर्याप्त निद्रा लिनुहोस् । ८ घण्टाको निद्रा वयस्क व्यक्तिलाई आवश्यक हुन्छ । रातमा सुत्ने र बिहान उठ्ने समय नियमित बनाउनुहोस् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*