1 week ago
बिक्रम आचार्य को “बसमाया”बोलको गीत भिडियो सहित सार्बजनिक
1 month ago
आज मिति २०७७ साल असोज २७ गते मंगलवारको राशीफल
2 months ago
आज मिति २०७७ साल असोज २१ गते बुधवारको राशीफल
2 months ago
नेता तथा कार्यकर्ता समेत यतिबेला सुनसरीमा पार्टी प्रवेशप्रवेशको होडबाजी
2 months ago
रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा
2 months ago
अमेरिका र भारतका विदेशमन्त्री बीच टोकियोमा भेटवार्ता हुने
2 months ago
विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित WHO
2 months ago
भारतीय चर्चित गायिका नेहा कक्कडले रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी
2 months ago
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग
2 months ago
आज मिति २०७७ साल असोज २० गते मंगलबारको राशीफल पञ्चाङ्ग सहित्


एक अनुसन्धान अनुसार मानिसहरूको रगत समूह अनुसार उसको चालचलन र आनीबानीबारे थाहा पाउन सकिन्छ । रगत समूह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ।  रगत समूहसँग सम्बन्धित केही बानीको बारे जानकारी ले के भन्छ त?

Group A :- यो रगत समूह करिब ४० प्रतिशत मानिसहरूमा हुन्छ जसमा ३४ प्रतिशतमा A+ र ६ प्रतिशतमा A- पाइन्छ। यो रगत समूह भएका मानिसहरू शान्त र सामाजिक खालका, अरू सँग काम गर्न मन पराउने, संवेदनशील र कमजोरीको रूपमा झुक्न नचाहने र आराम गर्न नसक्ने वा नचाहने बानी भएका हुन्छन्।

Group B :- यो समूहको रगत कम मानिसहरूमा मात्र पाइन्छ जसमा करिब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समूह भएका मानिसहरू एकल काँटे, जे पनि एक्लै गर्न चाहने रचनात्मक खुबी भएका झुक्न नसक्ने खुबी भएका हुन्छन् जसले गर्दा कहिले काहीँ काम बिग्रन समेत सक्छ।

Group AB :- यो मानिसमा पाइने सबैभन्दा कम पाइने रगत समूह हो। यो ४ प्रतिशतमा मात्र पाइन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाइन्छ। यो रगत समूह भएका मानिसहरू नरम, नियन्त्रित र ठट्टा रमाइलो गर्ने खालका हुन्छन् तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।

Group O :– संसारका सबैभन्दा बढी मानिसमा यो रगत समूह पाइन्छ। O- र O+ गरी करिब ४७ प्रतिशत मानिसमा यो रगत समूह रहेको हुन्छ जसमा ४० प्रतिशत जति O+ र ७ प्रतिशत जतिमा O- रहेको हुन्छ।

यो रगत समूहका मानिसहरू नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफूले सुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वास गर्ने, मायालु र आत्म-विश्वासले भरिएका हुन्छन् भने यो रगत समूह भएका मानिसहरूको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिस्पर्धात्मक हुन खोज्ने भएको अनुसन्धानको क्रममा पाइएको थियो ।

निगुरोको बिसेस्था बारे जानुपर्ने कुरा ..

अहिले निगुरोको सिजन हो । यसको ठाउँ अनुसारको नाम हुन्छ । कतिपयले न्युरो र निहुरो पनि भन्छन् ।

वनजंगलमा पाइने र विषादीको प्रयोग नहुने हुँदा निगुरा स्वास्थ्यका हिसावमा निकै फाइदाजनक साग हो ।

बजारमा धेरै खालका निगुरो पाइन्छ । जो स्वास्थ्यका हिसावमा निकै लाभदायक मानिन्छ ।

निगुरोको तरकारी तपाईले धेरै पटक खानु भएको छ होला । तर यसको फाइदा बारे तपाईंलाई जानकारी नहुन सक्छ । त्यसैले आज हामी निगुरो खानुको फाइदाबारे यहाँ चर्चा गर्दै छौं ।

निगुरोमा प्रोटिन, भिटामिन क्याल्सियम लगायतका पोषक तत्व पाइन्छ । निगुरोमा भिटामिन ए पाइन्छ जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।

त्यस्तै निगुरोमा भिटामिन सी पनि पर्याप्त मात्रामा पाउन सकिन्छ । जसले आखालाई फाइदा पुग्छ ।

त्यस्तै निगुरोमा पोटासियम पनि पाइन्छ । पोटासियमले मुटुलाई स्वस्थ्य राख्न सहयोग पुर्‍याउँछ ।

निगुरोमा आइरनको मात्रा पनि पर्याप्त मात्र पाइन्छ । जसका कारण रातो रक्त कोशिका वृद्धिमा पनि सहायता पुग्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*