
कविता – चाहन्छु तिमीलाई आसपास
म तिम्रै हुँ तिमि केवल मेरो
तनमनले गर्छु यो विश्वास
तिम्रो भन्नु सबै मेरो हो
भलो चाहन्छु तिम्रै खास
म जिउनुको कारण तिमी
र त म फेर्दै छु यो सास
भन्छौ तिमि सधै यहि
कि “नगर्नु मेरो आश”
भरोषा गर्छु म खुद आफैमा
हुन दिन्न कहिल्यै निरास
प्रेम हुँदा नै बाचा गरेंथें
‘बोझ बन्दिन म’ भनि
दुखमा सहारा भै रहनेछु साथ
केवल माया र प्रेम दिनू
चाहिन्न महलको बास
आफ्नै कर्ममा गर्छु विस्वास
चाहन्छु तिमीलाई आसपास
- पविता खनाल ,काठमाडौँ

प्रतिक्रिया