
कविता – आमा तिमीलाई बुढेसकालमा सुख पाउनु छ भने
आमा तिमीलाई बुढेसकालमा सुख पाउनु छ भने
दाइ लाई मात्र होइन भाउजुलाई नि हेलो गर
आमा तिमीलाई बुढेसकालमा सुख पाउनु छ भने
आमा तिमीलाई बुढेसकालमा सुख पाउनु छ भने
दाइ लाई मात्र होइन भाउजुलाई नि हेलो गर
कति हान्छउ दाइलाई मात्र छुस्स छुस्स मिसकलहरु
भाउजुको फोनमा पनि एक मिसकल गर्ने गर
आमा तिमीलाई बुढेसकालमा सुख पाउनु छ भने
जति भलो मेरो गर्छऊ , भाउजुको नि गर्ने गर
जसरि म छोरी तिम्रो ,तेसरि नै तिनी पनि
बुहारीलाई छोरी जाति पनि मन बुझ्ने गर
भाउजुलाई नि फोन नगर्ने,दाई उस्तै बिजिबिजी
फोन उठाउन नभ्याउनेले, तिमीलाई फोन के गर्थ्यो र ?
बुहारी अहिले घरमा होलि,छोरा अफिस एक्लै होला
भनि भनि मौका छोपी,छोरालाई मिसकल गर्दा
सोच्ने गर ,के छोरालाई फोन गर्ने फुर्सद होला ?
नभन तिमि,फोन गर्न, बुहारीको नम्बर छैन
नभन तिमि, फोन गर्न, बुहारीको नम्बर छैन
तेही मोबाइल भाउजुले किनेर तिमीलाई दिंदा
सबैभन्दा पहिला आफ्नै नम्बर देको हैन ?
माया गर्छिन भाउजुले नि,तिमीलाई मैले जस्तै
मलाई झैं, , उनलाई पनि तिमि माया पोखी हेर
आमा तिमीलाई बुढेसकालमा सुख पाउनु छ भने
दाइ लाई मात्र होइन,भाउजुलाई नि हेलो गर
- पविता खनाल , काठमाडौँ

प्रतिक्रिया