5 months ago
श्रमिक जागरण निरन्तरतामा अनेक्रा-ट्रेडयुनियन महाँसंघ- भक्तपुर
5 months ago
गार्मेन्ट क्षेत्रका महिला श्रमिकहरुलाइ संगठित गर्दै; नेकपा निकट महाँसंघ
5 months ago
शिखलापुर झ्वःभ्वय ११४२ नेवाः समुदायको मौलिक चिनारी सुकुल भोज
5 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघको उपत्यकाका विभिन्न स्थानमा संगठन निर्माणलाइ तिब्रता
6 months ago
एमसीसी सम्झौता खारेजीका लागि एमसीए कार्यालय घेराउ
6 months ago
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महाँसंघद्बारा बागमती प्रदेश अन्तर्गत उपत्यका बिशेष क्षेत्र समितिको मजदुर जागरण अभियान उद्घाटन
6 months ago
विमानस्थल आसपासबाट चरा र वन्जन्तु धपाउन पटाका पड्काउन पाउनु पर्ने प्राधिकरणको माग
6 months ago
राहतभन्दा स्वरोजगार बनाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव
6 months ago
१३ वर्षीया बालिकालाई बलात्कार, दाेषी ठहर युवकलाईलाई १८ वर्ष कैद सजाय फैसला
6 months ago
चलचित्र क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति गराइने- मन्त्री श्रेष्ठ


केहि रमाईलो र धेरै वास्तविकता समेटिएको तिजको गित..आज भोलि यस्तै छ मेरो गाउँ घरमा !!


—— बाँदर आतंक——
तिज आयो तिज आयो भन्छन सबै बसेर !
कति राखौं बेदनाको पोको कँसेर !!!

बिहान उठ्न पाको हुन्न बाँदर आछ घरैमा !
खेति किसान गर्नु पर्छ आफ्नै भरैमा !!!

खान लाउन नपुगेर विदेश गाछन श्रीमान !
बाँदरको विगविगिले छैन ठेगान !!!

केटा केटि स्कुल जान्छन कतिखेर खाने हो !
बाँदर हेर्न झिसमिसेमै उठि जाने हो !!!

मकै छर्न पाको छैन बिऊ झिकि खाईदिन्छ !
सुकाएका लुगा पनि झिकि लाईदिन्छ !!!

मान्छेले झैं चौकिदारी आई बस्छ डिलैमा !
पानि आको बेला पनि आउँछ हिलैमा !!!

बाँदर मार्ने कानुन पनि नेपालमा छैन रे !
जति नोक्सान गरे पनि छुनै पाईन्न रे !!!

माईतबाट भाई आथ्यो तिजमा डाक्न भनेर !
मकै समाई गयो बरै घोंगा गनेर !!!

तिजको बेलामा नि माईत जान पाईन !
भाई आको दिनमा त खानै खाईन !!!

आउन पाईन बुवा आमा के गरौं त यस्तै छ !
बाँदरको कारणले छोरी ब्यस्त छ !!!

गाउंको बेथा कस्तो होला बुझ्न पनि सार्हो छ !
खेति पाती गरी बाँच्न सार्है गार्हो छ !!!

निधारको टिकी पनि नजिक आई झिक्दछ !
मानिसले जे गरेनि यसले सिक्दछ !!!

टिको लाउंथे सिउँदोमा एेनालाई हेरेर !
यता उता हिंड्दो रैछ डोरी बेरेर !!!

कहिले देखि साडि लाऊन बाँदरले सिक्ने हो !
नयाँ नयाँ आईडिया कति झिक्ने हो !!!

धान,गहुँ,मकै लगाई बस्छन यसकै भरमा !
यस्तै यस्तै समस्या छ गाउँ घरमा !!!

दशैं पनि भन्नु छैन तिजमा पनि यस्तै छ !
समस्याको ख्यालै छैन सरकार त्यस्तै छ !!!



तारा प्रसाद फुल्लेल ✍️



Leave a Reply

Your email address will not be published.

*