3 weeks ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 weeks ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
2 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
3 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
3 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
3 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
3 months ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल


बङ्गलादेश । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौती दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छाएका (भाइरल) भएका छन्।यसले परम्पराको नाममा हुने महिला अधिकार हननका विषयमा बहस तीब्र बनाइदिएको छ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुशीले जन्ती लिएर बेहुला तारिकुल इस्लामको घरमा पुगेकी थिइन्। शनिबार सम्पन्न विवाह बङ्गलादेशको पश्चिमी ग्रामिण जिल्ला मेहरपुरमा भएको हो।

मुसलमान परम्परा अन्य परम्पराका तुलनामा बढी कट्टर मानिने भए पनि एसियाली यस मुलुकमा भएको विवाह उत्सवले सामाजिक सञ्जालमार्फत विश्वभर चर्चा पाएको छ। खुशीले जन्ती लिएर बेहुलाकहाँ गएको घटनाले विश्वभर स्थापित मान्यतालाई उल्ट्याइदिएको छ।

हो, परम्परागत रूपमा यो असामान्य हो। तर, अन्य दिदीबहिनीहरूले पनि यसलाई व्यवहारमा ल्याउने साहस गरून् भन्ने ध्येयका साथ मैले नयाँ चलनको सुरूवात गरेँ, खुशीले आइतबार बताइन्।

विवाहका लागि बेहुला रहेका इस्लामका अनुसार उनीहरूको यो प्रयोगलाई परिवार र साथीहरूको साथ थियो। इस्लामले भने, महिला पुरूषबीचको समान अधिकारका लागि लिङ्गगत विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ हामीले नयाँ प्रचलनलाई व्यवहारमा ल्यायौँ। यसलाई हाम्रो परिवार र समाजले स्वीकार गर्‍यो।

म विश्वस्त छु एक पुरुषले जे गर्नसक्छ त्यो महिलाले पनि गर्न सक्छिन् भन्ने एउटा नयाँ सन्देश हाम्रो विवाहले दिएको छ, उनले थपे।विवाहपछि उनीहरूको फोटो तथा भिडियोहरू अनलाइन तथा सामाजिक सन्जालमा छाएको छ। यसले सामाजिक सन्जालमा विवाहको नयाँ अभ्यास बारेमा बहस सुरू भएको छ।

विवाह परम्परावादी मूल्यमान्यता दरोसँग गाँजिएको बहुसङ्ख्यक मुसलमान ९१६ करोड ८० लाख जनसङ्ख्या० रहेको मुलुक बङ्गलादेशका यो घटना सञ्चारमाध्यमको मुख्य समाचार बनेको छ।

बङ्गाली दैनिक प्रोथम आलोको वेबसाइटमा लेखक सद्दाक हसनले विवाहबारे लेख्छन्, पक्कै पनि यो हाम्रो संस्कार र संस्कृतिमा ठूलो समाचार हो।अन्य लेखक तथा पत्रपत्रिकाले पनि घटनालाई एक फरक अभ्यासका रूपमा उल्लेख गरेका छन्।

कतिपय पत्रपत्रिकाले त यसलाई विशेष महत्वका साथ छापेका छन्। केही किशोरहरूले बेहुली खुशीको प्रशंसा गर्दै भनेका छन्, उहाँ साहसी महिला हुनुहुन्छ। म उहाँजस्ता महिलालाई विवाह गर्न चाहन्छु। सैगरी केहीले भने उक्त घटनालाई व्यापक आलोचना गर्दै यसले नवजोडी तथा उनीहरुको परिवारमा नराम्रो प्रभाव छाड्ने बताएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*