
असोज ८, काठमाडौं । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ मा रहेको महाङकालेश्वरी माध्यमिक विद्यालयमा प्रलाद खकुरेलद्वारा संचालित छात्रवृत्ति कोषद्वारा छात्रवृत्ति प्रदान गरिएको छ ।
विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थी डानियल परियार र सिर्जना कार्कीलाई धादिङ धुनिबेशीका समाजसेवी प्रलाद खकुरेल द्वारा सञ्चालीत कोषबाट दुई जना विद्यार्थीलाई छात्रवृत्ति विरण गरिएको छ । समाजसेवी खकुरेल्ले विभिन्न स्कुलमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएका छन ।
सोही अनुरुप मङलबार ढुंगानाले २ विद्यार्थीलाई प्रति ब्यक्ति पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरेका हुन । उनले छात्रवृत्ति पाएकाविद्यार्थीले नियमित पढाईका साथै अतिरिक्त क्रियाकलापमा सहभागी भई आफुलाई अब्बल साबित गर्दै गएकोमा खुसी व्यक्त गरेखकुरेलद्वारा संचालित कोषले माध्यमिक तहसम्म उनिहरुलाई नियमित छात्रवृत्ति गर्ने बताएका छन ।
गरिब,जेहन्दार र आर्थिक अवस्था अतिनै कमजोर भएका विद्यार्थीलाई खकुरेलले सहयोग गर्दै आएका छन । खकुरेल हाल देश बाहिर रहेका कारण पत्रकार राज ढुंगानाले सम्योजकका रुपमा छात्रवृत्ति प्रदान गरेका हुन ।
छात्रवृत्ति कोषको समन्वय गरी रहेका प्रत्रकार राज ढुङ्गानाले कार्यक्रमका विचमा छात्रवृत्ति नगद रू. पाँच हजार प्रदान गरेका हुन विद्यालयमा केही समय आगाडी गठन गरिएको स्काउटलाई बुधबार भएको कार्यक्रमका विचमा थाक्रे गाउँ पालिका अध्यक्ष र उपाध्यक्षले स्काउटमा आबद्व भएको विद्यार्थीलाई ट्रुप दिक्षान्त गरेका छन् ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानध्यपक राजेन्द्र आचार्यले दिक्षान्त हुने विद्यार्थीहरूलाई लाई बधाई दिदै शैक्षिक विकासमा स्काउटको भुमिका महत्त्वपूर्ण रहेको बताए।
कार्यक्रममा बोल्दै थाक्रे गाउँपालिका अध्यक्ष आचार्यले स्काउट ट्रुपमा आबद्व भएका विद्यार्थीहरू लाई बधाई दिदै गाउँपालिकाले १९ वटा विद्यालयमा स्काउट ट्रप लाई केही समय अगाडि तालिम दिएर सहयोग गरेको थियो ।
थाक्रे ७ मा रहेको कालिका माध्यमिक विद्यालयका स्काउटका विद्यार्थीहरू र कार्यक्रम आयोजना गर्ने महाङकालेश्वरी माविका विद्यार्थी र स्काउटमा आबद्व भएका विद्यार्थीहरूले दशैंका विभिन्न गीतहरूमा आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा थाक्रे गाउँ पालिका अध्यक्ष राम कुमार आचार्य ,उपाध्यक्ष अम्बिका रूपाखेती ,वडा नम्बर ८ का वडा अध्यक्ष केशब प्याकुरेल ,विभिन्न विद्यालयका प्रअ तथा प्रतिनिधि ,अभिभावक विद्यार्थीहरूका उपस्थिति रहेको थियो । दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रम को रुपमा प्रस्तुत कार्यक्रम निक्कै भव्यताका साथ सम्पन्न भएको थियो ।

प्रतिक्रिया