
काठमाडौँ ०४ कार्तिक।। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका ध्यक्ष प्राडा रामचन्द्र गौतम अनुसार यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १२ गते मङ्गलबार
बिहान ११ः५५ बजे उत्तम रहेको उहाँले बताउनुभयो । सर्वसाधारणका लागि भने दिनभर टीका लगाउन कुनै समस्या छैन ।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ ।
कात्तिक ८ गते शुक्रबारदेखि शुरु हुने यस वर्ष यमपञ्चक कात्तिक ९ गते शनिबार काग तिहार,कात्तिक १० गते आइतबार बिहान नरक
स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।
११ गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि पर्दछ । त्यसपछि कात्तिक शुक्ल प्रतिपदा प्रारम्भ हुने भएकाले आत्म९म्ह० पूजा यसै दिन गर्नुपर्ने
हुन्छ । गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।
कात्तिक १२ गते भाइटीकाकै दिन यस वर्ष नेपाल सम्वत्अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।
प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको अध्यक्ष गौतमले सुनाउनुभयो । यसै
दिनदेखि नेपाल संवत् ११४० शुरु हुन्छ ।
भाइपूजा र नेवारी भाषामा किजापूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले
कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्र सम्मत हुने समितिको ठहर छ ।

प्रतिक्रिया