3 weeks ago
काठमाडौँ बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सप (आज) बुधबार बाट संचालनमा
1 month ago
आजको राषिफल || आज सउन ३२ गते सोमबार को राषिफल मा तपाइको भाग्यफल हेर्नु भयो त ?
1 month ago
आज ३१  साउन २०७८ आइतवारको राशिफल ||  राशिफल मा तपाईको आजको दिन कस्तो रहने छ ?  जान्नुहोस!!
2 months ago
देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न
2 months ago
निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन
2 months ago
५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम एतिहासि रुपमा सम्पन्न
3 months ago
आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै ‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’
3 months ago
 प्रधानमन्त्री ओलीको सम्बोधन – असहयोग र घेराबन्दीका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि
3 months ago
नर्भिक अस्पताल पहिलोपटक आइपिओ जारी गर्ने तयारीमा
3 months ago
नेपाल स्वयंसेवी रक्तदाता समाजको आवहान मा नेपाल तरुण दल चन्द्रागिरी द्वारा रक्तदान


चोभारको आदिनाथ लोकेश्वरको मन्दिरमा बडादशैंको कोजाग्रत पूर्णिमादेखि एक महिना मेला लाग्ने गर्दछ। यस पालिको बडादशैंपछि पनि यहाँएकमहिने मेला लागिरहेको छ। उक्त मेलालाई आदिनाथ मेला भन्ने गरिएको छ। यस मन्दिरले अनौठो विशेषता बोकेको छ। मन्दिरका भित्तामा चारैतिर भाँडाकुँडा टाँसिएका छन्। यसले गर्दा यस मन्दिरको आफ्नै मौलिकता रहेको छ। यस हिसाबले यस मन्दिरले पर्यटकीय महत्व पनि रहेको छ। यो मन्दिर हिन्दू र बौद्ध धर्मका धर्मावलम्वीको आस्था बोकेको मन्दिर हो। वैवाहिक सम्बन्ध विच्छेदको कानुन नबनेको समयमा वैवाहिक सम्बन्धलाई तोड्नुका साथै आवश्यक परे जोड्ने प्रयोजनका लागि यस मन्दिरमा मानिस व्रत बस्ने गरेको जीवन्त र अचम्मका प्रसंगहरू छन्। चोभारको यस्तै अनौठो आस्था, किंवदन्ती र स्वरूप बोकेको आदिनाथ लोकेश्वर मन्दिरको बारेमा नेपाल समाचारपत्रका लागि सुनील महर्जन ले तयार पार्नुभएको आलेख प्रस्तुत छ।

अनौठो मौलिकता बोकेको मन्दिर

काठमाडौंको दक्षिणी भेग चोभारस्थित आदिनाथ लोकेश्वरको मन्दिरमा पहिलोपटक पुग्ने जो–कोही पनि मन्दिरको स्वरूप र साजसज्जा देखेर तीनछक पर्छन्। मन्दिरको चारैतिर पित्तलका विभिन्न भाँडाकुँडा किलाले ठोकेर अड्काइएका हुन्छन्। जस्तो भात पकाउने कसौडी, थाल, लोटा, डाडु, पन्यु, पूजाको थाल आदि। यस्ता भाँडाकुँडा मन्दिरको आफ्नै वस्तु भने होइन।

भक्तजनले आफ्ना दिवंगत आफन्तका सम्झनामा यस्ता भाँडाकुँडा मन्दिरमा ल्याएर ठोक्ने रहेछन्, जो अहिले आएर मन्दिरको मौलिक परिचय जस्तै बनिसकेको छ। यसले गर्दा यो मन्दिर अनौठो मन्दिर बनेकोे छ।

उपत्यकाको दक्षिणी भेगमा पर्ने यस विहारमा हिजोआज मेला भर्न आउनेको घुइँचो निकै बढेको पाइएको छ। बज्रयान बुद्धधर्मको जीवन्त संस्कृतिका रूपमा रहेको यस विहारमा मेला शुरू भएसँगै मुख्य देवता आदन्ददादी लोकेश्वरको दर्शन गर्न आउनेहरूको विशेष पूजा गरिन्छ।



‘चोभार’को नामकरण यसरी भयो

काठमाडौंको सेतो मच्छिन्द्रनाथ (जनबाहाः द्यः), पाटनको रातो मच्छिन्द्रनाथ (बुंगद्यः), बनेपाको सृष्टिकान्त लोकेश्वर र चोभारको आदिनाथ लोकेश्वर (च्वबाहाःद्यः) चार लोकेश्वरमध्ये दुईको मुहार सेतो हुन्छ, दुईको रातो। चोभारको लोकेश्वर रातो मुहार भएको करुणामय हो।

काठमाडौं उपत्यकाको सबैभन्दा उच्च भागमा रहेको बहाल भनेको चोबाहाः हो। नेपालभाषामा ‘च्व’ को अर्थ ‘माथि’ हुन्छ। सबैभन्दा माथि (डाँडामा) रहेको बहाल भएकाले यसलाई ‘च्वबाहाः’ भनिएको हो। यही ‘च्वबाहाः’ शब्द अपभ्रंश हुँदै ‘चोभार’ बन्न गएको हो।

आदिनाथ मन्दिरको अवस्थिति र वरिपरिको वातावरण

धार्मिक आस्थासँगै स्वास्थ्य लाभका हिसाबले चोभार गेटबाट १० मिनेट खुड्किलो चढेर चोभार मन्दिरमा पुग्नेहरूको संख्या पनि दिनप्रति दिन बढ्दो रहेको छ। यस मन्दिरलाई हिन्दू धर्मावलम्बीले आदिनाथका रूपमा पुज्ने गर्दछन्।

यो मन्दिर बागमती नदीको पश्चिम दिशामा अवस्थित छ। यसको उत्तरमा विष्णुदेवी र जाल्पादेवीको मन्दिर छ भने पूर्वमा आदिनाथ विद्यालय रहेको छ। यस मन्दिरको दक्षिणतिर वाराही गुफा छ।

मन्दिर एक विश्वास अनेक

कोजाग्रात पूर्णिमासँगै हिन्दूको महान् पर्व दशैं औपचारिकरूपमा सकिएपछि यस मन्दिरमा मेला शुरू हुने गर्दछ। यो मेलालाई चोभार मेला भन्ने गरिन्छ। यस वर्षको मेला असोज २६ गते आइतबार शुरू भएको थियो। मेलाको क्रममा विभिन्न रोग लोकेश्वरको जल स्नानले निको हुने भक्तजनको विश्वास रहेको छ।

प्रभातकालीन भ्रमण (मर्निङ वाक) मा दैनिक सयौं भक्तजन उपत्यकाका विभिन्न स्थानबाट चोभार पुग्छन्। मन्दिरका पुजारी तीर्थराज शाक्यका अनुसार पाटनको नागबहाल, नकबहिल, ओकुबहाल, बुबहाललगायत विभिन्न स्थानबाट बस नै रिजर्भ गरेर साथै हिँडेर मान्छे दिनहुँचोभार पुग्ने गर्छन्।

साथै खोकना, पाँगा, कीर्तिपुरतिरका श्रद्धालु हरेक दिन चोभारमा पुग्ने गर्छन्। धार्मिक विश्वास र मानसिक आनन्दका साथै मर्निङ वाकका हिसाबले हरेक दिन चोभार पुगिरहेको ललितपुर बुबहालका किशोर बज्राचार्यले बताउनुभयो।

चोभारको उकालो चढेर १० मिनेट चढेपछि खुब आनन्दको अनुभूति हुने बताउँदै बज्राचार्यले भन्नुभयो– ‘मेला अघि–पछि पनि चोभार आउनेको संंख्या बढिरहेको छ। मेला अवधिभर भने अलि बढी नै घुइँचो हुने गर्दछ। मेला अवधिभर बिहान ३ बजेदेखि नै मानिस यहाँआउँछन्। यो क्रम बिहान ७ बजसम्मे निरन्तर रहने गर्दछ। यो मेला एक महिनासम्म चल्छ ।’

ऐतिहासिक मन्दिर

यो मन्दिर निकै ऐतिहासिक छ। आदिनाथ लोकेश्वर मन्दिर शुरूमा पन्ध्रौं शताब्दीमा निर्माण भएको इतिहासछ। कीर्तिपुर नगरपालिका–६ मा रहेको आदन्ददादी लोकेश्वरको क्षतिग्रस्त मन्दिर हालै पुनर्निर्माण सम्पन्न भएको छ।

विसं २०७२ सालको महाभूकम्पले प्यागोडा शैलीको तीनतले आदिनाथ मन्दिर भत्काएको थियो। मन्दिर भत्केपछि आन्नदादी लोकेश्वर वा आदिनाथलाई पुजारीको सत्तलमा राखिएको थियो। विसं २०७३ फागुनमा शुरू भएको निर्माण कार्य तीन वर्षपछि सकिएको हो।

यसरी २०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भई १ करोड ८० लाखको लागतमा पुनर्निर्माण सम्पन्न भएको सो मन्दिर चोभार क्षेत्रको प्रख्यात मन्दिर हो।सो मन्दिर पुनर्निर्माण सम्पन्न भएपछि गत असोज २४ गते शुक्रबार आनन्ददादी लोकेश्वरको मूर्ति प्रतिस्थापन गरिएको छ।

मन्दिर पुनर्निर्माणमा कलात्मक झ्याल, टुँडालहरू भएसम्मका पुराना नै मर्मत गरी प्रयोग गरिएका छन् भने जगदेखि दलिनसम्म नयाँवस्तु राखिएको छ। पुरातत्व विभागको नियमित प्राविधिक निरीक्षणमा बुङ्गमती, चोभार र कीर्तिपुर, पाँगाका डकर्मी तथा सिकर्मीले मन्दिर निर्माण गरेका थिए।

सम्बन्ध विच्छेद गर्न व्रत बस्ने मन्दिर

चोभारको मन्दिरमा एउटा अर्को अनौठो व्रत बस्ने परम्परा छ। हिन्दू संस्कृतिमा विवाह गर्न व्रत बस्ने चलन छ। तर, यो मन्दिरमा सम्बन्ध विच्छेदका लागि व्रत बस्ने गरिन्छ। श्रीमान्–श्रीमती विभिन्न कारणले अलग बसिरहेका छन् भने त्यो सम्बन्धलाई पुनः जोड्ने वा पूरै विच्छेद गर्ने भन्ने अन्तिम निर्णय यही मन्दिरमा बस्ने एउटा व्रतले गर्छ। यो व्र्रतलाई स्थानीय नेपाल भाषामा ‘माय् अप्सं’ र नेपालीमा ‘निर्जला व्रत’ पनि भनिन्छ।

प्रत्येक वर्ष हरिबोधिनी एकादशीका दिन सो व्रत शुरू हुन्छ। पाँच दिन लगातार बसेर पूर्णिमाका दिन समापन हुन्छ। अत्यन्त कठिन मानिने यस व्रतमा जो बसे पनि हुन्छ। तर, व्रतको अन्तिम दिन भने सबै व्र्रतालुलाई घरकै सदस्य आएर सँगै लानुपर्ने रहेछ।

तीनै व्रतालुका बीच केही त्यस्ता महिला पनि व्रतमा लीन हुन्छन्, जो श्रीमान् वा घरका अरू सदस्यहरूसँग सम्बन्ध बिग्रेका कारण माइती घरमा बसिरहेका हुन्छन्।व्रतको अन्तिम दिन व्रतालु महिलालाई श्रीमान् आफैं आई लिएर गए भने सम्बन्ध पुनः जोडिन्छ। श्रीमान् उनलाई लिन आएनन् भने त्यस दिनपछि उनीहरूको दाम्पत्य जीवन आधिकारिकरूपमै समाप्त भएको ठहरिन्छ।

त्यो एक किसिमले सांस्कृतिक–सामाजिक रूपले मान्यता प्राप्त भएको ‘सम्बन्ध विच्छेद’ नै हो। योे ‘सम्बन्ध विच्छेद’ पछि महिला र पुरुष दुवैलाई अर्को विवाह गर्ने स्वतन्त्रता प्राप्त हुन्छ। यसपछि गरिएको दोस्रो विवाहलाई धार्मिकरूपमा अर्को पक्षको कसूर लाग्दैन।

अर्को कुरा, व्रत बसेकी कुनै महिलालाई श्रीमान्ले लिन आएनन् भने त्यति बेला उनलाई अरू कुनै पुरुषले पनि लिएर जान सक्छ। श्रीमान्ले लिन नआएकी महिलालाई अरू पुरुषले लिएर जान चाहन्छन् र महिला पनि त्यसका लागि राजी छन् भने त्यस विवाहलाई पनि यथास्थानमै वैधानिकता प्राप्त हुन्छ।

मानिस भगवान् साक्षी राखेर विवाह गर्छन्। भगवान्को अगाडि गरिएको विवाहलाई समाजले पनि वैधानिकता प्रदान गर्छ। तर, गरेका सबै विवाह सफल हुन्छन् भन्ने छैन। केही विवाह बीचमै टुट्न सक्छ। त्यस्तो टुटेको विवाहलाई सम्बन्ध विच्छेदको सामाजिक वैधानिकता प्रदान गर्ने मन्दिर भने यही चोभारको आदिनाथ लोकेश्वर मात्रै हो।

यहाँत्यो वैधानिकता प्राप्त गर्ने एउटा विधि पनि बनाइएको छ, ‘माय् अप्सं’ अर्थात् व्रत बस्ने। यो व्रत बस्नुको अर्थ हुन्छ बीचमा लट्किरहेको वैवाहिक सम्बन्धलाई ‘वार कि पार’ को अवस्थामा पु¥याउनु। विवाहको विधि र सामग्री सबै मन्दिरमा पाइन्छ। तर, सम्बन्ध विच्छेद भने यही मन्दिरमा मात्र हुन्छ।

जस्तो परिवारका कुनै पनि सदस्यले माछामासु खानु हुँदैन, घरमा भुइँलिप्नु हुँदैन, माग्नेलाई दान गर्नु हुँदैन, अरूसँग सापटी लिनु हुँदैन आदि। सम्बन्ध विच्छेदकै लागि मात्र व्रत बस्नुपर्छ भन्ने छैन। अरू मनोकामना पूरा गर्न व्रत बस्नेहरूका लागि पनि यो मन्दिरको ढोका खुला छ। पहिले–पहिले यो व्रत बस्नेको संख्या दर्जनौं हुने गथ्र्यो। अहिले घटेर १०–१२ मा सीमित हुन पुगेको छ।

अहिले सम्बन्ध विच्छेदका लागि धेरै उपाय खुला छन्। यही एक प्रयोजनका लागि भगवान्को मन्दिरमा कठिन व्रत बसिरहनुपर्ने आवश्यकता छैन। तथापि आजभन्दा तीन वर्षअघि सोही मन्दिरमा व्रत बसेकी एक महिलालाई व्रतस्थलबाटै उठाएर एक पुरुषले विवाह गरेका थिए। चोभारकै स्थानीय सविना महर्जन (२५ वर्ष) मन्दिरमा ‘माय् अप्सं’ बसेकी थिइन्।

उनलाई ललितपुर सुनाकोठी बस्ने सुवर्ण महर्जन (२७ वर्ष) ले विवाहको प्रस्ताव राखी व्रतस्थलबाटै लिएर गए। उनीहरू पहिल्यै एक–अर्कासँग परिचित थिए। तर, विवाह भने ‘माय् अप्सं’ को मण्डपबाट हुन पुग्यो। सविनालाई लिन सुवर्ण बाजा र जन्तीसहित आएका थिए। च्वबाहाःको व्रतस्थलमै धूमधामसाथ भएको सो विवाह त्यति बेला निकै चर्चित बनेको थियो।

अहिले सम्बन्ध विच्छेदको उद्देश्य राखी व्रत बस्नेहरू छैनन् भन्दा पनि हुन्छ। गएको १० वर्षभित्र केवल दुईटै मात्र त्यस्तो घटना भएको कुरा मन्दिरका पुजारी सरोज शाक्यले बताउनुभयो। दुवै घटनामा श्रीमान््बाट छुट्टिएर बसेका महिला यहाँव्रत बस्न आएका थिए। व्रतको अन्तिम दिन उनीहरूलाई आ–आफ्ना श्रीमान्ले लगेका थिए।

अर्थात् उनीहरूको सम्वन्ध पुनः स्थापित हुन पुग्यो।त्यस्तै आजभन्दा ३० वर्षअघि कीर्तिपुरमा बिहे भएकी पाँगाकी एक महिला पनि त्यसरी नै व्रत बस्न आएकी थिइन्। तर, व्रतको अन्तिम दिन उनलाई न श्रीमान् लिन आए न त माइतीका आफन्त। के भनिन्छ भने, त्यस्तो जटिल अवस्थामा कीर्तिपुरकै अर्का एक पुरुषले उनको हात थामेका थिए।

हाल त्यस्तो प्रत्यक्ष घटना भएका छैनन्। तैपनि ‘माय् अप्सं’ परम्परागत सम्बन्ध विच्छेदको एउटा धार्मिक विधि हो भन्ने चर्चा हरेक व्रतका बेला चलेकै हुन्छ। अदालत, प्रहरी, सीडीओ आदि कुनै कानुनी निकाय नभएको त्यस समयमा वैवाहिक सम्बन्धलाई वैधानिक मान्यता दिने योभन्दा सजिलो सामाजिक विधि अरू के हुन सक्थ्यो र ?

आदिनाथ लोकेश्वरसम्बन्धी किंवदन्ती

दानासुर र कच्छपासुरको बधपछि कालान्तरमा प्रभावतीय तीर्थमा पानी सुक्दै गएपछि चैत्र शुक्ल अष्टमीको दिन देवताको मूर्ति फेला परेछ। यसलाई बाजागाजाका साथ चोभारमा लगी बहालको मन्दिरमा विराजमान गराइयो। ग्रह, दशा, रोग, भयबाट मुक्त पार्ने, धनधान्य कार्यसिद्धि आदि वर दिने देवताका रूपमा मानिने यो मन्दिर आनन्ददायी लोकेश्वर, लोकनाथ, आदिनाथ, चोभाद्यः आदि नामले पुजिँदै आएको छ।

भक्तजनले महिना–महिनामा अष्टमीका दिन उपोसध व्रत बसी सप्त विद्यानोत्तर सत्तो पूजा गरी ध्वजापताका, भाँडाकुँडा, गरगहना आदि चढाउने गरेका छन्। यो मन्दिरको विभिन्न भागमा हालसम्म पनि यस्ता सामान देख्न सकिन्छ।

किंवदन्ती–१

आदिनाथ लोकेश्वर सिद्धिपुरका देवता हुनुहुन्थ्यो। अति असिना पानीका कारण सिद्धिपुरबासीले आदिनाथलाई गोदावरी खोलामा फ्याँकिदिएका थिए। पानी सुक्दै गएपछि भेटिएको यस देवतालाई नन्द ग्वाले चोभारमा खाली रहेको वसुन्धरा मन्दिरमा बस्न अनुरोध गरेका थिए।

किंवदन्ती–२

स्वयम्भु पुराणअनुसार द्वापर युगको अन्त्यमा महामञ्जुश्रीले खड्ग प्रहार गरी कच्छपाल गिरी पर्वतलाई दुई टुक्रा पारेर पानी पठाएपछि यो डाँडाको नाम कपोतल पर्वत कच्छपाल गिरी नामले मञ्जुश्रीका उपासकले बस्ती बसालेको विश्वास गरिन्छ।- यो समाचार न्युज अफ नेपाल अनलाईन बाट सवार गरिएको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*