
सरकारले नेपालीहरूको पर्व तिहारलाई सभ्य भएर मनाउन आग्रह गरेको छ । गृह मन्त्रालयले नकारात्मक असर हुने गरी भड्किलो रूपमा गीत उत्पादन तथा प्रशारण, देउसी भैलोलगायत मनोरञ्जनात्मक कार्यमा सहभागी नहुन आग्रह गरेको हो ।
मन्त्रालयले सूचना जारी गर्दै तिहारमा हुने देउसी-भैलोलाई मनोरञ्जनात्मक रूपमा प्रयोग गर्न पनि अपिल गरेको छ । यस्तै, सरकारले लागू पदार्थ तथा जुवातासलाई रोक लगाएकाले विकृतभन्दा सद्भावका रूपमा मनाउन आग्रह गरेको छ । पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको बिक्री वितरण तथा प्रयोग नगर्न भनेको छ । यदि कसैले गैरकानुनी काम गरे कानून अनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सुरक्षा निकाय आवश्यक परे खबर गर्न समेत अपिल गरेको छ ।सरकारले नेपालीहरूको पर्व तिहारलाई सभ्य भएर मनाउन आग्रह गरेको छ । गृह मन्त्रालयले नकारात्मक असर हुने गरी भड्किलो रूपमा गीत उत्पादन तथा प्रशारण, देउसी भैलोलगायत मनोरञ्जनात्मक कार्यमा सहभागी नहुन आग्रह गरेको हो ।
मन्त्रालयले सूचना जारी गर्दै तिहारमा हुने देउसी-भैलोलाई मनोरञ्जनात्मक रूपमा प्रयोग गर्न पनि अपिल गरेको छ । यस्तै, सरकारले लागू पदार्थ तथा जुवातासलाई रोक लगाएकाले विकृतभन्दा सद्भावका रूपमा मनाउन आग्रह गरेको छ । पटका र आतिसवाजी जस्ता विस्फोटक पदार्थको बिक्री वितरण तथा प्रयोग नगर्न भनेको छ । यदि कसैले गैरकानुनी काम गरे कानून अनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सुरक्षा निकाय आवश्यक परे खबर गर्न समेत अपिल गरेको छ ।

प्रतिक्रिया