
काठमाडौं, कार्तिक १७ । मिथिलाञ्चलमा मनाइने विशेष पर्व छठ आज सम्पन्न हुँदैछ । आज आईतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न हुन लागेको हो ।
परिवार एवं सन्तानको सुख–समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वको अवसरमा पोखरी, नदी तथा जलाशयमा व्रतालुको भिड लागेको छ ।
देशभरका नदी, तलाउ, पोखरी, इनारलगायत जलाशयका किनारमा घाट बनाएर छठिमाईको पर्व आजबाट सकिन लागेको हो । अहिले बिहान उदाउदो सुर्यलाई अर्ध दिएसंग भक्तजनले राख्दै आएको ब्रर्त आज तोड्ने छन् ।

प्रतिक्रिया