4 weeks ago
विश्व किर्तीमानी गीतकार डा डीआर उपाध्यायका फरक शैलीका आठ गीति कविता र तीन पृथकशैलीमा सिर्जना सार्वजनिक
4 weeks ago
नरहरी प्रेमी र बिशु के.सी को नयाँ गीत “नारोज माया हतारमा ” सार्बजनिक
4 weeks ago
आजको राषिफल || आज कार्तिक १२ गते शुक्रवार तपाइको भाग्यफल यस्तो छ || जय पाथिभरा माता
3 months ago
काठमाडौँ बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सप (आज) बुधबार बाट संचालनमा
3 months ago
आजको राषिफल || आज सउन ३२ गते सोमबार को राषिफल मा तपाइको भाग्यफल हेर्नु भयो त ?
3 months ago
आज ३१  साउन २०७८ आइतवारको राशिफल ||  राशिफल मा तपाईको आजको दिन कस्तो रहने छ ?  जान्नुहोस!!
4 months ago
देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न
4 months ago
निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन
4 months ago
५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम एतिहासि रुपमा सम्पन्न
5 months ago
आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै ‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’


काठमाडौँ १७ कार्तिक ।। आवासीय प्रयोजनका लागी घर/अपार्टमेन्ट खरिदमा धितोको ७० प्रतिशतसम्म ऋण पाइने भएको छ । निजी आवास निर्माणमा प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्र बैंकले आवास कर्जा केही खुकुलो बनाएको हो । शुक्रबार जारी गरिएको एकीकृत निर्देशिका ०७६ मार्फत घर/अपार्टमेन्ट खरिदमा ७० प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको हो ।

यसअघि घरजग्गा खरिदमा पनि बढिमा धितोको ५० प्रतिशतसम्म ऋण दिन पाउने व्यवस्था थियो । ‘पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई देहायका सर्तको अधीनमा रही प्रदान गरिने १ करोड ५० लाख रुपैयाँसम्मको आवासीय घर कर्जामा बढीमा ७० प्रतिशतसम्म प्रवाह गर्न सकिनेछ,’ एकीकृत निर्देशनमा भनिएको छ । यस्तो कर्जा प्राप्त गर्न तोकिएको मापदण्ड भने पूरा गर्नुपर्नेछ । जसमध्ये खरिद गरिने घर आवासीय र घरको मूल्य बढीमा १ करोड ५० लाखसम्मको हुनुपर्नेछ । खरिद गर्ने घर आवासीय हुनुपर्ने, घर/अपार्टमेन्टको क्षेत्रफल बढीमा ३ हजार वर्गफिटसम्मको हुनुपर्नेछ । यस्तो ऋण लिने व्यक्तिले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट यसअघि घर/अपार्टमेन्ट निर्माण वा खरिद कर्जा नलिएको यकिन गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस सुविधाअन्तर्गत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको स्रोतको रूपमा देखाउन पाइने छैन ।

कर्जाको ब्याजदर वृद्धि भएमा पूर्व निर्धारित मासिक किस्ता वृद्धि नगरी कर्जा भुक्तान हुने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । केही वर्षयता राष्ट्र बैंकले घरजग्गाको कर्जामा कडाइ गर्दै आएको छ । यही कारण पछिल्ला वर्षमा रियल स्टेट कारोबार अपेक्षित रूपमा फस्टाउन सकेको छैन । यद्यपि राष्ट्र बैंकले भने आवासीय प्रयोजनका लागि १ करोड ५० लाख रुपैयाँसम्मको आवास खरिद गर्न प्रवाह गरेको कर्जालाई रियल स्टेट शीर्षकमा राख्न नपर्ने छुट बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*