3 weeks ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
3 weeks ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
2 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
3 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
3 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
3 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
3 months ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
3 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल


आँखालाइ आत्माको ढोका पनि भन्ने गरिन्छ, आँखामा हेराइबाट उक्त व्यक्तिको बारेमा धेरै जानकारी पाउन सकिन्छ। आँखामा नियालेर हेर्न जान्नेले मनको कुरा थाहा पाउछ सक्छ। यो कुनै जादु हैन, न त शत प्रतिशत सहि नै हो। आँखा र दिमागको सम्बन्ध अन्य अंगको भन्दा ‘घनिष्ठ’ हुन्छ। यो केवल विज्ञान हो । विज्ञान के भन्छ आँखा र मानिसको व्यवहारको बारेमा जानिराखौं ।

आँखाले माथि हेर्नु- जब व्यक्ति माथि हेरिरहेको हुन्छ, तब उ केही सोचिरहेको हुन्छ। दिमागमा कुनै तस्बिर बनाइरहेको हुन सक्छ। यसले उक्त व्यक्ति ‘भिजुअल थिङ्कर’ हुने संकेत गर्दछ। माथि हेर्दा आँखाको नानी बाँया तिर छ भने उ कुनै कुरा याद गर्दैछ।माथि हेर्दा आँखाको नानी दाँया तिर छ भने उ कुनै काल्पनिक तस्बिर सोच्दै छ। माथि हेरिनु ले उक्त व्यक्तिको अल्छीपना लाइ पनि झल्काउछ। उ निकै झ्याउ मानिरहेको छ र वरिपरि कुनै रमाइलो कुरा खोज्दै छ।

आँखाले तल हेर्नु- कुनै व्यक्तिमा आँखा तल पारेर हेर्नाले आफ्नो शक्ति प्रदर्शन गरेको अनि अर्को व्यक्ति प्रति हेपाहा प्रवृति छ भन्ने बुझिन्छ।
तल हेर्नाले उक्त व्यक्तिलाइ नै नहेरिएको र उक्त व्यक्ति प्रति आज्ञाकारी भएको पनि जनाउँछ। साथै हेर्ने मानिसले गल्ति महसुस गर्दैछ भन्ने पनि बुझिन्छ।कतिपय संस्कृतिमा आँखा जुधाएर कुरा गर्दा रुखो मानिने हुँदा आफुभन्दा ठुलासंग कुरा गर्नेक्रममा आँखा तल गरेर कुरा गर्ने गरिन्छ।

आँखाको किनाराबाट छड्के हेर्नु- हाम्रो आँखाले अगाडीको कुरा सजिलो सँग हेर्दछ। त्यसैले केहि हेर्नुपर्दा त्यतै तर्फ फर्किने गरिन्छ। तर आँखाको किनाराबाट दाँया बाँया हेर्नुको अर्थ, उक्त व्यक्तिलाइ अगाडीको कुरा हेर्न नचाहेको वा दाँया बाँयाका कुराहरुले उसको मन तानेको भन्ने बुझिन्छ।

छिट्टो दाँया बाँया छड्के नजरले केहि रोचक कुरा छ कि भनि हेरेको पनि हुनसक्छ। अथवा कुनै ध्यान भंग गर्ने कुरा छ भने के रहेछ भनि हेरेको पनि हुनसक्छ। साथै कसैप्रतिको दिक्क लागिरहेको छ भने पनि यसरि हेर्ने गरिन्छ।

छिटो छिटो आँखाको दायाँ-बाँया हेर्नु वा आँखाको यस्तो गतिविधिले कि त उक्त व्यक्तिले कुनै चलाखि गर्दैछ वा केही कुरा लुकाउन खोज्दैछ भन्ने बुझिन्छ। कसैले केहि षड्यन्त्र गर्न लाग्दैछ वा कुनै नराम्रो गर्न खोज्दैछ भने दाँया बाँया अरु कोही छ कि भनेर पनि यस्तो आँखाको गतिविधि गरिने हुन्छ।

एकै ठाँउमा हेरिरहनु- कुनै एकै ठाँउमा हेर्नाले त्यो वस्तुप्रति को रुचि वा चहाना झल्काउछ। एकै ठाँउमा एकटकले हेरिरहदाँ अर्को व्यक्तिले पनि त्यो ठाँउमा के रहेछ र हेरेको होला भनि त्यतै हेर्ने वातावरण पनि सिर्जना हुन्छ।वा हेराई तेता भएपनि उसले अरुनै कुरा सोचिरहेको छ भन्ने भुझिन्छ । अरु हलचल हुँदा पनि तेही एकोहोरो हेरिने रहनुले  कुनै कल्पनामा हराएको बुझिन्छ ।

व्यक्तिको आँखामा हेर्नु-  विपरित लिगंका व्यक्तिले लामो समयसम्म आँखा जुधाउनु मन परेर वा आकर्षक लागेर हो भन्ने बुझिन्छ। तर केहिबेर आँखा जुधेसंगै शरिरको तल तिर नजर जान्छ भने अन्य शारीरिक अभिलाषा झल्कन्छ। कसैको मुख वा ओठमा नजर छ भने किसको अभिलाषा बुझिन्छ। आँखा ठ्याक्कै कता छ, कुन ठाँउमा नजर छ त्यो महत्वपुर्ण हुन्छ।

झुठो बोल्ने ले पनि आँखामा हेर्ने गर्छ ।जसले झुठो बोल्दैछ त्यो व्यक्तिले जबजब गल्ति महसुस गर्छ तब अन्यत्रै हेर्न थाल्छ। तर झुठो बोल्ने मानिसलाइ यसबारेमा ज्ञान पहिल्यै छ भने सामान्य भन्दा अधिक आँखामा हेर्ने गर्दछन्।

पुरानो कथा अनुसार जसले झुठो बोल्छ उसले नजर जुधाउदैन भनिन्छ। यो कथा सबैले सुनिसके। नयाँ रिसर्चको अनुसार तपाइले पत्याउनु भयो कि भएन भनि अनुहारमा आउने परिवर्तनलाइ नियाल्न झुठो बोल्नेले धेरै बेर तपाइलाइ हेर्ने गर्दछन्।

चम्किलो आँखा गरेर हेर्नु – यस्तो पत्ता लागेको छ कि तपाइलाइ मन पराउने मानिसको आँखा तपाइको अगाडी चम्किलो देखिन्छ। त्यो व्यक्तिको आँखामा आशुको मात्रा बढ्छ र बढी प्रकाश परावर्तन हुन्छ अनि चम्किलो देखिन्छ।तपाइ अगाडी पर्दा यदि कसैको आँखा चम्किलो देख्नुभयो भने अब याद गर्नुहोस् कि कतै तपाइलाइ मन पराउने उनै त हैन!

कसैलाइ कम कसैलाइ बढी आखाको नजर यदि कसैले तपाइलाइ मन पराउँछ भने त्यो व्यक्तिले धेरै पटक नजर जुधाउने गर्दछ। यदि तपाइ समुहमा हुनुहुन्छ भने जुन व्यक्तिले तपाइलाइ मन पराउछ त्यो व्यक्तिले तपाइलाइ सिधा नजरले अन्यलाइ भन्दा बढी समय हेर्ने गर्दछ। जब तपाइले अन्यको आँखामा लामो समयसम्म हेर्नुहुन्छ, आकर्षण सम्बन्धि हर्मोनहरु शरिरमा आफै पैदा हुने गर्दछ।

तपाइलाइ कसैले मन पराउछ भने तपाइको उपस्थितिमा उक्त व्यक्तिको नानी ठुलो आकारको बन्ने गर्दछ। कुनै मन परेको कुरामा नजर लगाउदा पनि नानीको आकार थोरै बढ्ने हुन्छ।

नजर जुध्दा अन्तै हर्ने- मन पराउने व्यक्तिले जति तपाइलाइ हेर्न खोज्छ, यदि नजर जुधेमा झट्ट अन्तै हर्ने गर्छ भने त्यो उसको घमण्ड हो। तपाइलाइ मन पराउँछ तर घमण्डले गर्दा व्यक्त गर्न चाहदैन भन्ने बुझ्न सकिन्छ।

आँखा छोप्नु वा  चिम्लनु – कुनै कुरा अप्रिय लागेमा वा कुनै दृश्यले खिन्नता बढाएमा आँखा छोपिने गरिन्छ। कुनै कुराले भित्री भावनालाइ असर गर्छ भने त्यसो नहोस् भन्नको लागि आँखा छोपिने गर्छ। साथै कुनै कुराको डरको कारणले पनि आँखा यस्तो गरिन्छ।

जुन कुराको लागि आँखा छोपिन्छ, सोहि कुराको लागि आँखा माड्ने वा धेरै आँखा झिम्काउने पनि गरिन्छ। आँखाबाट हेर्न नखोज्नु, आँखा छोप्नु अविश्वास या असहमतिको संकेत हो। जन्मबाटै आँखा देख्न नसक्ने बच्चाहरु केहि नराम्रो सुनेपछि आँखा छोप्ने गर्दछन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*