2 weeks ago
आज मिति २०७७ साल असोज २७ गते मंगलवारको राशीफल
3 weeks ago
आज मिति २०७७ साल असोज २१ गते बुधवारको राशीफल
3 weeks ago
नेता तथा कार्यकर्ता समेत यतिबेला सुनसरीमा पार्टी प्रवेशप्रवेशको होडबाजी
3 weeks ago
रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा
3 weeks ago
अमेरिका र भारतका विदेशमन्त्री बीच टोकियोमा भेटवार्ता हुने
3 weeks ago
विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित WHO
3 weeks ago
भारतीय चर्चित गायिका नेहा कक्कडले रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी
3 weeks ago
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग
3 weeks ago
आज मिति २०७७ साल असोज २० गते मंगलबारको राशीफल पञ्चाङ्ग सहित्
3 weeks ago
आज मिति २०७७ साल असोज १९ गते सोमबारको राशीफल


भक्तपुर, मंसिर ९ – नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुर जिल्लाकै सबैभन्दा बढी कर तिर्ने करदाता भएको छ। आन्तरिक राजस्व कार्यालय जगाती भक्तपुरले सम्मानस्वरुप नेकलाई हिजो एक कार्यक्रमबीच सम्मान गरेको छ।

आर्थिक वर्ष ०७४/७५ मा सबैभन्दा बढी चार करोड दुई लाख रुपैयाँभन्दा बढी कर तिरेबापत कजेज सञ्चालक समितिका सदस्य शलिल भट्टराईलाई सम्मान गरिएको हो। आन्तरिक राजस्व कार्यालय जगाती भक्तपुर प्रमुख कर अधिकृत सूर्यप्रसाद पोखरेलले भट्टराईलाई सम्मान गरेका हुन्। कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, कलेजका बोर्ड सदस्य भट्टराईलगायतले बोलेका थिए।

कलेजले आव ०७२/७३ मा कुल आय २४ करोड ५२ लाख मात्र देखाएको र कुल बचत १४ लाख मात्र देखाइ भक्तपुर कर कार्यालयलाई कुल १९ लाख मात्र कर तिरेको कार्यालयले जनाएको छ। निजीकरणविरुद्ध लागेको नयाँ सञ्चालक समितिले ०७४ देखि कलेज सञ्चालन गरी आव ०७३/७४ मा कुल आय ६० करोड ८१ लाख (जसमा आव ०७२/७३ सम्म पुरानो व्यवस्थापनले कर छली गर्ने मनसायबाट थप २० करोड विभिन्न शीर्षकमा लुकाइएको समेत आयमा जोडिएको) र बचत ३४ करोड ७८ लाख तथा आव ०७४/७५ मा कुल आय ४० करोड ५४ लाख र बचत ११ करोड ३४ लाख भनी कर कार्यालयमा पेस गरेको जनाइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*