1 week ago
बिक्रम आचार्य को “बसमाया”बोलको गीत भिडियो सहित सार्बजनिक
1 month ago
आज मिति २०७७ साल असोज २७ गते मंगलवारको राशीफल
2 months ago
आज मिति २०७७ साल असोज २१ गते बुधवारको राशीफल
2 months ago
नेता तथा कार्यकर्ता समेत यतिबेला सुनसरीमा पार्टी प्रवेशप्रवेशको होडबाजी
2 months ago
रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा
2 months ago
अमेरिका र भारतका विदेशमन्त्री बीच टोकियोमा भेटवार्ता हुने
2 months ago
विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित WHO
2 months ago
भारतीय चर्चित गायिका नेहा कक्कडले रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी
2 months ago
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग
2 months ago
आज मिति २०७७ साल असोज २० गते मंगलबारको राशीफल पञ्चाङ्ग सहित्


काठमाडौं ११ मंग्सिर ।। जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् ।

बूढापाका, बालबालिका र जटिल स्वास्थ्यस्थिति भएकाहरूका लागि सामान्य रुघाखोकीले समेत स्वास्थ्यसम्बन्धी जटिलता निम्त्याउन सक्छ । यस्ता व्यक्तिहरूले सामान्य रुघाखोकी हुँदा पनि चिकित्सकको सल्लाहअनुसार उपचार प्रक्रिया अघि बढाउनुपर्छ । तर स्वस्थ व्यक्तिलाई जाडोयाममा सामान्य रुघाखोकी लागे हाम्रा पुर्खाहरूले परापूर्वकालदेखि अपनाउँदै आएका घरेलु उपायबाटै सन्चो हुन सक्छ ।

जाडोयाममा स्वस्थ व्यक्तिलाई समस्यामा पार्ने रुघाका लागि हाम्रो घरदैलोमै पाइने जडीबुटी आदिको उपयोग गर्दा राम्रो हुन्छ ।  तुलसीको पात चपाउनाले वा चियाजस्तो पकाएर खानाले रुघा निको हुन्छ । यो मौसममा रुघा प्रभावितले दिनहुँ  दुईतीन पटक र सामान्य व्यक्तिले समेत एक पटक तुलसीपात, बेसार, अदुवालाई चियाजस्तै पकाएर महको साथ सेवन गर्नाले धेरै फाइदा पुग्छ ।

धेरै खोकी भए ज्वानो पकाएर पिउँदा खोकी निको हुनुका साथ खकार आदि समेत शरीरबाहिर निस्किन्छ । ज्वानो र अदुवा हालेर उमालेको पानीको बाफ लिँदा नाक खुल्छ, घाँटीको खसखस दुईतीन दिनमै निको हुन्छ । यस्तै बेसार, मह, अदुवा चपाइरहँदा पनि फाइदा गर्छ ।
रुघा लाग्दाताका दूधमा बेसार मिलाएर सेवन गर्नाले समेत आराम हुन्छ । पानको पातमा थोरै मह र अदुवा राखेर दिनमा दुईतीन पटक खाँदा खोकी राम्रो सँग ठिक हुन्छ  । लसुन उमालेको पानी खानाले वा यसको पोटी खाँदा समेत रुघाखोकीमा राहत मिल्छ । रुघाखोकीको प्रत्यक्ष सम्बन्ध हाम्रो रोगप्रतिरोधक क्षमतासँग हुन्छ । आयुर्वेदले रोगप्रतिरोधक क्षमता बढाउन भूमिका खेल्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*