
पौस १५ काठमाडौ।। इन्जिनियर जनकराज पन्तसहितका लेखकहरुद्वारा लिखित सामाग्री समावेश गरी OBJECTIVE BOOK FOR CIVIL ENGINEERS पुस्तक सञ्चार केन्द्र नेपालको हलमा विमोचन गरिएको छ ।
८ सय पृष्ठको रहेको उक्त पुस्तकलाई सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, कृषि सडक विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठ, पूर्वसचिव भीम उपाध्याय, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेखा विभाग प्रमुख पार्वती शर्माले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।
प्रमुख अतिथि रहनुभएका सडक विभागका महानिर्देशक केशवकुमार शर्माले देशको विकासका लागि प्राविधिक प्रशासकलाई राज्यले राज्यले विशेष महत्व दिनुपर्ने जोड दिनुभयो । कार्यक्रममा महानिर्देशक शर्माले अबको युग विकास युग भएकाले प्राविधिक प्रशासकहरुले देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनुभयो ।
त्यस्तै नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले प्राविधिकहरुलाई संघर्ष गर्न होइन आफ्नो क्षमता उत्प्रेरित गराउने वातावरण बनाउन राज्य नलागेसम्म विकासले गति लिन नसक्ने बताउनुभयो । देशका विकासका लागि नेपालका प्राविधिकहरु दक्षताको हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड मिड गरेपनि सोही अनुसार हामीले प्रयोग लिन नसक्नु राज्यको कमजोरी रहेको हो बताउनु भयो ।
कार्यक्रममा कृषि सडक विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले पूर्वाधार विकासको निम्ति प्राविधिकहरुको भूमिका महत्वपूर्ण रहेकोले समृद्ध नेपाल निर्माणमा प्राविधिकहरुले विशेष रुपले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा अर्का वक्ता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती शर्मा काफ्लेले प्रशासन र प्राविधिक तर्फका कुशल प्रशासक उत्पादन गराउन विमोचित पुस्तक अत्यन्त उपयोगी रहेको र यस पुस्तकले प्राविधिक विकासमा समेत विशेष भूमिका खेल्नेमा आफूँ विश्वस्त रहेको कुरा कार्यक्रममा बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंले नेपालमा कुशल प्रशासक उत्पादन गर्ने उदेश्यले तयार गरिएको नालान्दा फाउन्डेशनको यस पुस्तकले लेखक र पुस्तक प्रकाशन कार्यलाई उर्जा दिन पनि सञ्चार केन्द्र नेपालले कार्यक्रम आयोजना गरी विकासका विषयमा छलफल चलाएको बताउनुभयो ।
कार्यक्रममा राजधानी दैनिकका सम्पादक सागर पण्डितले युरोपको विकास सम्झने मात्र होइन नेपालका प्राविधिकहरुलाई नीतिगत रुपमै विशेष महत्व दिएर अगाडि नबढेसम्म सोँचेजस्तो विकास हुन नसक्ने कुरा बताउनुभयो ।
नालन्दा फाउन्डेशनले प्राविधिक क्षेत्रमा दक्ष र कुशल जनशक्ति उत्पादन गराउन मद्दत पुगोस् भन्ने उदेश्यले सो पुस्तक प्रकाशन गरी बजारमा ल्याएको फाउन्डेशनका निर्देशक रामकृष्ण आचार्यले बताउनुभयो । कार्यक्रमको सञ्चालन सविता धिमालले गर्नुभएको थियो ।

प्रतिक्रिया