2 weeks ago
आज मिति २०७७ साल असोज २७ गते मंगलवारको राशीफल
3 weeks ago
आज मिति २०७७ साल असोज २१ गते बुधवारको राशीफल
3 weeks ago
नेता तथा कार्यकर्ता समेत यतिबेला सुनसरीमा पार्टी प्रवेशप्रवेशको होडबाजी
3 weeks ago
रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा
3 weeks ago
अमेरिका र भारतका विदेशमन्त्री बीच टोकियोमा भेटवार्ता हुने
3 weeks ago
विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित WHO
3 weeks ago
भारतीय चर्चित गायिका नेहा कक्कडले रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी
3 weeks ago
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग
3 weeks ago
आज मिति २०७७ साल असोज २० गते मंगलबारको राशीफल पञ्चाङ्ग सहित्
3 weeks ago
आज मिति २०७७ साल असोज १९ गते सोमबारको राशीफल



काठमाडौँ — रंगमञ्च र यसमा लागेका रंगकर्मीले भोगेको यथार्थ पीडा समेटेर झन्डै एक दशकअघि रंगकर्मी विजय विष्फोटको लेखन तथा निर्देशनमा तत्कालीन रिमाल नाटकघर गुरुकुलमा नाटक ‘सेतो कपाल’ सफल रूपमा मञ्चन गरिएको थियो । सोही नाटक शैली थिएटर र रंग सारथीको संयुक्त प्रस्तुतिमा शुक्रबारदेखि रातोपुलस्थित शैली थिएटरमा पुनः मञ्चन सुरु गरिएको छ । नाटकमा रंगमञ्चभित्र नै रहर र अभावमा रुमलिएको पात्रको मनोविज्ञान सूक्ष्म तरिकाले विश्लेषण गरिएको छ । नाटकभित्रको नाटकका मुख्य पात्रका रूपमा रहेका कुमार पूर्वअभ्यासका लागि रंगमञ्चमा छ ।

तर ऊ अभ्यासकै क्रममा नाटकको कथाभन्दा पनि आफ्नो वास्तविक जीवनको कथातिर मोडिन्छन् । उसले बाल्यकाल, हजुरबा र हजुरआमाको यौन मनोविज्ञान, आफ्नो यौवनकाल, प्रेम र अभावग्रस्त जीवनलाई स्मरण गर्दै जान्छ । चरम आर्थिक अभावसँगै पत्नी सिमलसँगको तनावयुक्त पारिवारिक जीवन, दमित रहर, सपना, यौनकुण्ठाले ऊ मानसिक पीडा भरिएको जीवन जिउन बाध्य हुन्छ । ‘साइकोप्याथ’ नामक मानसिक रोगले ग्रस्त भएपछि उसले आत्महत्याको बाटो रोज्छ र नाटकको अभ्यास रोकिन्छ । नेपाली रंगमञ्चले फड्को मारिरहेको मानिरहे पनि कलाकार अझै आर्थिक रूपमा सबल बन्न सकेका छैनन् ।

अधिकांश रंगकर्मीलाई नाटकमा अभिनय गरेर मात्र जीवन धान्न मुस्किल नै देखिन्छ । रंगमञ्चप्रतिको झुकाव र लगावले गर्दा नै यसलाई छोड्न नसकेको थुप्रै रंगकर्मी सुनाउने गर्छन् । अर्कोतर्फ, नाटकले उठाएको पुरुष मनोविज्ञानको विषयले तत्कालीन समयमा पुरुषले भोगिरहेको मानसिक समस्या सम्बोधन गरेको छ । आज पनि कुमार जस्तै घर र परिवारको लागि आफ्ना कैयौं रहर कुण्ठित बनाएर बाँचिरहेका पुरुष हाम्रै वरिपरि छन् । नाटकमा कुमार पात्र पत्नी माइत हिँडेपछि बोल्न स्वतन्त्र भएको महसुस गर्छ ।

लोग्ने मान्छे भन्नेबित्तिकै स्वास्नी मान्छेभन्दा केही उत्ताउलो र परस्त्रीसँग सम्बन्ध राख्ने चरित्रका रूपमा व्याख्या गर्ने सामाजिक परम्परालाई नाटकले चिरफार गर्ने जमर्को गरेको छ । नाटकको कथाले लोग्ने मान्छेका पनि आफ्ना रहर, इच्छा र स्वभाव हुन्छन् भनी पुरुषप्रति सहानुभूति दर्साएको पाइन्छ । सामाजिक मूल्यकै आधारमा हेर्ने हो भने, नाटकले पति–पत्नीबीच हुने एक–अर्काप्रतिको शंका र असमझदारीले सम्बन्धमा दरार उत्पन्न हुने संकेत दिन्छ ।

हजुरबाले हजुरआमाप्रति र कुमारलाई पत्नी सिमलले गरेको शंकाले यस्तै भान हुन्छ । महिला र पुरुषको दाँजोमा पुरुषको उमेर बढे पनि ऊ आफूलाई जवानी नै सम्झने पक्षलाई नाटकले समेटेको छ । कुमारको हजुरबुबा कपाल फुले पनि पत्नीले बूढो भनेको मन पराउँदैनन् । कुमार अधवैंशे भए पनि वरिपरि जवान केटीहरू आएर नाचेको सपना देख्दा आनन्द मान्छ । विद्यार्थीले अंकल भनेर सम्बोधन गरेको उनलाई मन पर्दैन । नाटकको अन्तिम दृश्यमा उसले सेतो कपालमाथि आक्रोश पोख्छ । नाटकको सुरुवातदेखि अन्त्यसम्मको कुमार पात्रका दृश्यहरूमा विश्वमै चर्चित मोनालिसाको चित्र देखिन्छ । कुमार त्यसलाई मोना म्याडमका नामले सम्बोधन गर्छ ।

एकान्तमा पनि ऊ चित्रसँगै बोल्छ । मानसिक रूपमा विक्षिप्त भएको अवस्थामा कुमारले त्यही मुस्कुराएको जस्तो देखिने चित्रमाथि नै शंका गर्छ । मोनालिसाको मुस्कानमा पनि उसले दुःख लुकेको देख्छ र मानिसले वास्तविक कुरा लुकाएर झूटको खेती गरिरहेको आरोप लगाउँछ । रंगकर्मी विष्फोट आफूले देखेको आजको रंगकर्मी पनि एक दशकअघिको जस्तै समस्यामा जुधिरहेको दाबी गर्छन् । उनलाई समर्थन गर्दै नाटकमा प्रेमी कुमार पात्रका रूपमा देखिएका युवा पुस्ताका रंगकर्मी पुष्कर दाहाल रंगमञ्चमा अझै पनि आर्थिक कठिनाइ रहेको सुनाउँछन् । नाटकमा बालक, यौवन र अधवैंशे रंगकर्मीका रूपमा देखिएका कुमार पात्रहरू भिन्नाभिन्नै छन् ।

पात्रको मनोदशा र चरित्रअनुसार फरक–फरक अनुहार प्रस्तुत गरिएको विष्फोट उल्लेख गर्छन् । देवेन्द्र बब्लुको ध्वनि परिचालन रहेको नाटकमा प्रकाश परिचालन विशाल घिमिरेले गरेका छन् । फागुन १७ गतेसम्म मञ्चन हुने नाटकमा शेर शाही, सुरेन्द्र क्षेत्री, ज्योति राई, बालकृष्ण रिजाल, निमा पाण्डे, सुदिन लुइँटेल, रविन तामाङ, कुमार जोशी, रिया चौधरी, करिश्मा केसी, मीराकेसी, नोरचेन लामा लगायतको अभिनय छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*