4 weeks ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
1 month ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
1 month ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
1 month ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
2 months ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल
2 months ago
केशव र जुनाको देखेको पाइन्न बोलको गित , भिडियो सहित सार्वजनिक
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १८ गते बिहिवार को राशीफल


राजेन्द्र रावल-

बाैनिया २३, फाल्गुण  ।। बाैनिया तेस्रो राष्ट्रव्यापि खुल्ला भलिबल प्रतियोगिता २०७६ काे उद्धाटन भएको छ । शुक्रबार एक समारोहबीच बर्दगाेरिया गाउपालिका अध्यक्ष बलिराम डगाैरा थारूले प्रतियोगिता काे उद्घघाटन गर्नु भएको हाे ।

साे अवसरमा प्रतियोगिता काे उद्धघाटन गर्दै थारुले साईनिङ्ग स्टार यूवा क्लबले रङ्ग हरुकाे पर्व हाेलिकाे अवसरमा प्रतियोगिता काे अायाेजना गरेकोमा धन्यवाद दिदै प्रतियोगिता काे निरन्तरता काे कामना गर्नु भएको थियो । उहाले अगाडि बाेल्दै यश प्रतियोगिता लाई गाउपालिकाले सक्ने अार्थिक सहयाेग अगामि कार्यापालिका बैठक बाट निर्णय गर्ने कुरा बताउदै पुरै बिश्वमा काेराेना भाइरसकाे संक्रमण देखिरहेका कुरा बताउदै सचेत रहेर हाेलि पर्व खेल्न सम्पुर्ण मा अाग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बर्दगाेरिया गाउपालिका उपाध्यक्ष भगवती देवि डगाैरा थारु विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष जयरुप खतिवडा,वडा नम्बर ३ का वडा अध्यक्ष करने सुनार संगै कार्यपालिका सदस्य काेकिला खत्री र न्यायिक समिति सदस्य टंक अाेलीकाे समेत सहभागिता रहेको थियो । क्लबका बरिष्ट उपाध्यक्ष भेषराज जैशीकाे स्वागत मन्तव्य संगै सुरु भएको उद्धाटन कार्यक्रम काे सञ्चालन महासचिव शिखर बिकले गरेका थिए ।

फाल्गुण २३ गते बाट सुरु भएको प्रतियोगिता २८ गते सम्पन्न हुनेछ । प्रतियोगितामा कैलाली र कञ्चनपुर का गरेर विभिन्न १७ टिमको सहभागिता रहेको छ। प्रतियोगिता काे विजेताले ८१ हजार नगद प्राप्त गर्दा दाेस्राे स्थान हासिल गर्ने टिमले ५१ हजार नगद र तेस्रो स्थान हासिल गर्ने टिमले नगद २५ हजार संगै मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै बिधागत तर्फ उत्कृष्ट हुने खेलाडीले समेत नगद पुरस्कार प्राप्त गर्ने अायाेजक क्लबले जानकारी दियकाे छ । उद्धाटन कार्यक्रम अायाेजक क्लबका अध्यक्ष मिलन अाेलीकाे अध्यक्षतामा भएको थियो  ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*