2 months ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
2 months ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
3 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
4 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
4 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
6 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
6 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
6 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
6 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
6 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल


भदौ १२  गते ।  युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिकाविपरीत रहेको ठहर गरिएका भिडियोहरू हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याङ्कनका आधारमा ती भिडियोहरू हटाउनुपरेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरू हटाइएको हो ।

कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरू मात्रै हटाएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष अत्यधिक धेरै भिडियोहरू हटाउनुपरेको कम्पनीको तथ्याङ्क छ ।

“समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निष्कर्षका साथ हामीले हटाएका छौँ,” कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ । लोकप्रिय समाजिक सञ्जालको रुपमा दिनप्रतिदिन उपभोक्ताहरू बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*