1 week ago
बिक्रम आचार्य को “बसमाया”बोलको गीत भिडियो सहित सार्बजनिक
1 month ago
आज मिति २०७७ साल असोज २७ गते मंगलवारको राशीफल
2 months ago
आज मिति २०७७ साल असोज २१ गते बुधवारको राशीफल
2 months ago
नेता तथा कार्यकर्ता समेत यतिबेला सुनसरीमा पार्टी प्रवेशप्रवेशको होडबाजी
2 months ago
रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा
2 months ago
अमेरिका र भारतका विदेशमन्त्री बीच टोकियोमा भेटवार्ता हुने
2 months ago
विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित WHO
2 months ago
भारतीय चर्चित गायिका नेहा कक्कडले रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी
2 months ago
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग
2 months ago
आज मिति २०७७ साल असोज २० गते मंगलबारको राशीफल पञ्चाङ्ग सहित्


भदौ ,३१ काठमाडौं  । गत ६ महिनादेखि कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएका लकडाउन तथा निषेधाज्ञाले आर्थिक संकट निम्त्याउन थालेपछि सरकारले शैक्षिक र विलासिताबाहेकका सबै क्षेत्र खुला गर्ने  निर्णय गरेको  छ ।

अशोज १ गतेबाट अर्थतन्त्र चलायमान बनाउने क्षेत्रहरू खुला गरेको निर्णय मंगलबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब आर्थिक संकटसँग सरकारले सम्झौता नगर्ने बताए । 

पछिल्लो समय गरिबीको चपेटामा परेका नागरिक, वित्तीय संकट सामना गरिरहेका व्यावसायिक क्षेत्र र राजस्व संकलन कम तर खर्चको चापमा परेको सरकारलाई लकडाउन तथा निषेधाज्ञा समस्याको विषय बनिरहेकोले  प्रधानमन्त्री केपी शर्मा ओली र केही सरकारी अधिकारीहरू निषेधाज्ञा तथा लकडाउनकै निरन्तरताको पक्षमा रहे पनि चौतर्फी दबाब बढ्दै गएपछि सरकारले सबै क्षेत्रलाई खुला गर्न लागेको हो । परराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सार्वजनिक सवारीसाधनको आवागमनमा रोक लगाउँदा मुलुकको एक भागबाट अर्को भागमा पुग्नुपर्ने यात्रु र व्यवसायीले विभिन्न कठिनाइ भोग्नुपरेकाले लामो दूरीको यातायात पनि  खुला गरिएको हो ।

अब सवारी सञ्चालकहरूले सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने र स्वास्थ्य प्रोटोकल अनिवार्य पालना गर्नुपर्नेछ । कोरोनाकालभरि हाल कायम रहेभन्दा ५० प्रतिशतसम्म बढी भाडा व्यवसायीले यात्रुसँग लिन पाउने छन् । लामो दूरीका सार्वजनिक सवारीसाधन बन्द हुनुअगावै स्थगित रहेको आन्तरिक हवाई उडान क्षेत्र पनि खुलाउने निर्णय सरकारले गरेको छ । यसमा पनि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने र भाडावृद्धिको निर्णय भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।

भोलि असोज १ गतेदेखि नै स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्ड पालना गरी होटल, रेस्टुरेन्ट र ट्राभल व्यवसाय सञ्चालन गर्न पाउने निर्णय सरकारले गरेको छ । विकास आयोजनाका लागि आवश्यक प्राविधिक जनशक्तिलाई विदेशबाट ल्याउन पनि अनुमति खुला गर्ने निर्णय भएको छ । उनीहरूले पनि पीसीआर जाँच गरी ७२ घण्टाभित्रको रिपोर्ट (नेगेटिभ) ल्याउनुपर्ने छ । तर विद्यालय र अन्य केही व्यावसायिक क्षेत्रबारे भने निर्णय नगरेको उनले बताए । अन्य  प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार र भेला, सिनेमा, पार्टी प्यालेस, डान्सबारजस्ता मनोरन्जन स्थलहरू, सैलुन, स्पा, स्विमिङ पुल तथा समूहमा खेलिने खेलकार्य र चिडियाखानाहरू बन्द नै रहनेछन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*