2 months ago
आज १२बैशाख २०७८ आइतवारको  राशिफल तपाईको दिन कस्तो रहने छ जान्नुहोस
2 months ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
3 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
4 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
4 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
6 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
6 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
6 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
6 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
6 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल


काठमाण्डाै – विश्व फुटबल महासङ्घ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् स्थानमै रहेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेकाे नयाँ वरीयतामा नेपाल १७० औँ स्थानमै रहेको हो । गएकाे महिना पनि नेपाल यही स्थानमा रहेको थियो ।


त्यस्तै नेपाल दक्षिण एसियाली राष्ट्रको तेस्रो स्थानमा रहँदा नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । याे महिना एक स्थान घटुवा भएको भारत १०९ औँ स्थानमा छ भने माल्दिभ्स १५५ औँ स्थानमा छ ।

नेपालभन्दा तल भुटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान छन् । भुटान १८९ औँ, बङ्गलादेश १८७ औँ, श्रीलङ्का २०६ औँ र पाकिस्तान २०० औँ स्थानमा छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहेको छ भने फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इङ्ग्ल्याण्ड चौथो तथा पोर्चुगल पाँचौ स्थानमा रहेका छन् । पोर्चुगल भने दुई स्थान उक्लिएर पाँचौ स्थानमा पुगेको हो ।

एक स्थान तल झरेको उरुग्वे छैटौँ, स्पेन सातौँ, क्रोएशिया आठौँ, अर्जेन्टिना नवौँ र कोलम्बिया दशौँ स्थानमा रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*