4 weeks ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
1 month ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
1 month ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
1 month ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
1 month ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल
2 months ago
नाजिर र कुसुम को नाता के भिडियो सहित सार्वजनिक
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १९ गते शुक्रवार को राशीफल
2 months ago
केशव र जुनाको देखेको पाइन्न बोलको गित , भिडियो सहित सार्वजनिक
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर १८ गते बिहिवार को राशीफल


काठमाडौँ ०२ असोज  ।। स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि औषधि व्यवस्था विभागले थप ४ वटा

स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ।

प्रतिबन्धमा पर्नेमा चीन र भारतबाट आयात भएका दुई कम्पनी र ललतिपुर तथा काठमाडौंका दुई कम्पनीका स्यानिटाइजर गुणस्तरहीन

पाइएको औषधि व्यवस्था विभागले जनाएको छ । यसअघि पनि पाँच वटा कम्पनीको स्यानिटाइजरमा पनि यस्तै रसायन भेटिएको थियो ।

चीनको ग्वाङझाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, सम्पदा

हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर

इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौंको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरमा प्रतिबन्ध लगाइएको हो।



काठमाडौंका कारखाना रहेको यूनिकेयर इन्स्ट्याण्ड हृयाण्ड स्यानिटाईजर ६५ एमएल तथा ललितपुरमा बनेको सासा इन्स्ट्याण्ड हृयाण्ड

स्यानिटाईजर ५० एमएलमा कम गुणस्तर पाइएको विभागले जनाएको छ । यूनिकेयर र सासामा मेथानोलको मात्रा क्रमशः ५५ प्रतिशत

तथा ३९.३४ प्रतिशत पाइएको थियो ।

यस्तै चीनबाट आएको ओपकलमा इथानोलको मात्रा ६८ प्रतिशत पाइएको थियो भने भारतको गुजरातमा बनेको पामाकेयारमा ६६ प्रतिशत

इथानोलल भएको भेटिएको थियो ।

मापदण्डविपरीत विषाक्त रसायन मिथानोल समावेश भएको पाइएको र सो प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने भएकाले

सर्वसाधारणले प्रयोग नगर्न आग्रह गरेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*