1 week ago
नयाँ बर्ष २०७८ को सुरुवात संगै नोबेम्बर जिन्सको नया सोरुम धादीग्को धार्केमा पनि
2 months ago
एउटा कोठाभित्र बन्दी जस्तै जिवन बिताउनु पर्दा कसैलाई पनि सहज हुदैन- सुरेन्द्र क्षेत्री
2 months ago
आजको राशिफल।। आज मिति २०७७ साल माघ २६ गते सोमवार को राशीफल
2 months ago
बर्तमान संविधान र प्रधानमन्त्रीका अधिकार
4 months ago
थुलुङ दुधकोशि गाउपालिका जिल्लाकै केन्द्र बन्दै
5 months ago
बढ्यो हाम्रो सगरमाथाको उचाई, अब ८ हजार ८४८.८६ मिटर अग्लो
5 months ago
भाग्यमानी सँग हुने ६ वटा गुण यस्ता हुन्छन् :भिडियो सहित
5 months ago
ट्रयाक्टरको ठक्करबाट उपचारका क्रममा ,एक किशोरीको मृत्यु
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
5 months ago
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २० गते शनिवार को राशीफल


काठमाडौं, ८ असोज । पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण ठाउँठाउँमा आएको बाढी र पहिरो खसेको छ । यसबाट केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ ।बाढी र पहिरोबाट दुई दिनमा मात्रै १४ जनाले ज्यान गुमाएका छन् । अन्य सात जना हराइरहेका छन् भने तीन जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए ।

प्राप्त विवरणअनुसार कपिलवस्तुमा विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिकामा घर पुरिँदा पाँच बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । यस्तै धनकुटाको महालक्ष्मीमा पनि एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा एक जना र वालिङ नगरपालिका–१४ मा दुई घर पुरिँदा नौ जनाको मृत्यु भएको केन्द्रका प्रमुख वस्तीले राससलाई बताउनुभयो । यस्तै बाग्लुङमा पनि विपद्मा परेर एक जनाको ज्यान गएको छ ।

लगातारको वर्षाका कारण नदीनालामा बहावसमेत बढ्न थालेको छ । अझै केही दिन वर्षा जारी रहने र बाढी पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सरेर बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि शुक्रबार नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगङ्गा र त्यसका सहायक नदीमा बहाव खतरा आसपास हुनेछ । यस्तै कर्णाली, कोशी, कनकाई, कमला, वाग्मतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्णः मौसम बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षा र केही ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*