2 weeks ago
आज मिति २०७७ साल असोज २७ गते मंगलवारको राशीफल
3 weeks ago
आज मिति २०७७ साल असोज २१ गते बुधवारको राशीफल
3 weeks ago
नेता तथा कार्यकर्ता समेत यतिबेला सुनसरीमा पार्टी प्रवेशप्रवेशको होडबाजी
3 weeks ago
रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ५९ रनको फराकिलो अन्तरले हराउँदै शीर्ष स्थानमा
3 weeks ago
अमेरिका र भारतका विदेशमन्त्री बीच टोकियोमा भेटवार्ता हुने
3 weeks ago
विश्वको कुल जनसंख्याको १० प्रतिशत जनसंख्या कोरोनाभाइरसबाट संक्रमित WHO
3 weeks ago
भारतीय चर्चित गायिका नेहा कक्कडले रोहनप्रीत सिंहसँग लगनगाँठो कस्ने तयारी
3 weeks ago
प्रदेश ५ को राजधानी दाङ सार्ने प्रस्तावकाे विरोध गर्दै नेकपाका २ हजार कार्यकर्ताद्वारा पार्टी परित्याग
3 weeks ago
आज मिति २०७७ साल असोज २० गते मंगलबारको राशीफल पञ्चाङ्ग सहित्
3 weeks ago
आज मिति २०७७ साल असोज १९ गते सोमबारको राशीफल


वासिङ्टन, २० असोज – अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ ।अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

दोस्रो क्वुयुएडीमा सहभागी हुनका लागि उहाँहरू जापान जान लाग्नुभएको हो । त्यसमा उहाँहरूसँगै जापान र अष्ट्रेलियाका समकक्षीहरु पनि सहभागी हुनु भएको छ । चीन र भारतबीचमा पछिल्लो समयमा फेरि सिमा विवाद भएपछि अमेरिका र भारतका विदेश मन्त्रीहरूको पहिलो पटक भेटवार्ता हुन लागेको हो ।

जापान रहेका बेला अमेरिकी विदेश मन्त्री पोम्पेओले जापानका नवनिर्वाचित प्रधानमन्त्री योशिहिडे सुगा र जापानी विदेश मन्त्री टोशिमिट्सु मोटेगीलगायतसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।भेटवार्तापछि सकारात्मक उपलब्धी हुने उहाँले विश्वास व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो यस पटकको भ्रमण निकै राम्रो हुन गइरहेको पत्रकारहरुसँग बताउनुभयो । (रासस÷पीटीआई)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*