
आज मिति २०७७ साल असोज २७ गते मंगलवारको राशीफल
मेष : अभिभावकको सुझावले उचाइमा पुर्याउन सहयोग गर्नेछ । क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ ।
मिथुन : परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुन सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । विद्यामा सफलता पाइएला ।
सिंह : मंगल कार्यको योग छ । धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । लाभदायक यात्रा होला ।
तुला : आज लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । शुभ–अशुभ दुवै समाचार सुनिएला ।
धनु : सामाजिक कार्यमा मन जाला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
कुम्भ : आज दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ ।
वृष: दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । व्यापार व्यवसायमा फाईदा होला । अरुलाई प्रभावित पारेर काम बन्नेछ ।
कर्कट : आज स्वास्थ्य तथा शिक्षामा सुधार आउनेछ । सामाजिक क्षेत्रबाटपनि सफलता मिल्नेछ ।
कन्या : आज नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ ।
वृश्चिक: शुभ कार्यको योग छ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।
मकर : आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।
मीन: नयाँ कार्यको प्रारम्भ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । मनोरञ्जनमा अभिरुचि जाग्नेछ ।

प्रतिक्रिया