
मंसिर ०२ काठमाडौँ ।। बिक्रम आचार्य को “बसमाया” भिडियो सहित सार्बजनिक भएको छ । हाल अमेरिकामा बसोबास गर्दै आएका बिक्रम आचार्य को “बसमायामा” यो पहिलो प्रयास हो।
“बसमायामा” बोलको गीतलाइ चर्चित गायिका मेलिना राई र डेविड संकर को सुमधुर स्वर सजिएको गीतलाई युवा संगीतकार दीपक सर्माको सब्द संगीतले र नरेन्द्र वियोगी को एरेन्ज ले झन् सुनमा सुगन्ध थपिएको छ ।

गीतको भिडियोलाई बि.के पुलामीले निर्देशन गरेका हुन् । प्रज्वल पन्तको छायांकन रहेको भिडियोमा फराज अर्पणको सम्पादन छ । भिडियोमा चदानी लामा, विक्रम आचार्य, कृष्ण कण्डेल ,कमल खड्का, रितिक शर्मा, राजेन्द्र शर्मा ,शितल के.सी. ,सिल्विया चौहान, सिमरन अधिकारी र मानिकष्य मैनालीको निक्कै राम्रो अभिनय देखन सकिन्छ ।
भिडियो लाई OSR Digitalको अफिसियल च्यानलमा मा हेर्न सकिन्छ । यो समाचार निर्माण गर्दा सम्म मा 47k views पुगिसकेको छ ।भिडियोको सम्पूर्ण टीम लाई derbykhabar.com को तर्फबाट सुभकामना छ ।

प्रतिक्रिया