
आजको राशिफल।। आज मिति २०७७ साल मंसिर २३ गते मंगलवार को राशीफल
मेष: आज साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
मिथुन: जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्नेछ ।
सिंह: आज स्वादिष्ट भोजन पाईनेछ । मनोरञ्जनमा सहभागीता भइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ ।
तुला: आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।
धनु: आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।
कुम्भ: रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाब बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ ।
बृष: आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ ।
कर्कट: न्यायिक कार्यमा सफलता मिल्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । परिवारमा रमाइलो जमघट हुनेछ ।
कन्या: अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोवारमा बिवाद आउनेछ ।
बृश्चिक: आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ ।
मकर: सानातिना समस्यामा अल्झिनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । सचेत रहनुहोला ।
मीन: विशिष्ठ व्यक्तिको साथ पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

प्रतिक्रिया