
धनगढी, मंसिर २३ ।। ट्रयाक्टरको ठक्करबाट घाइते धनगढीकी एक किशोरीको उपचारका क्रममा मृत्यु भएको छ।

से १ त ९९ नम्बरको ट्रयाक्टर र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल सोमबार एकआपसमा ठोक्किदा १७ वर्षीय मनिषा श्रीमाल घाइते भएकी थिइथियिन । मनिषाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कैलालीको धनगढी उप–महानगरपालिका–३ स्थित रिङ्गरोडमा दुर्घटना भएको थियो।
ट्रयाक्टरसहित चालक ३० वर्षीय सन्जिव रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया