
मंसीर २३ काठमाडौँ । नेपालले पहिलो पटक सगरमाथाको उचाई नापेर सार्वजनिक गरेको छ । आज नेपाल र चीनले सँयुक्त पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर सार्वजनिक गरेको हो ।
नापी विभागले दुई बर्षको अवधि लगाएर सगरमाथाको उचाई मापन गर्न सफल भएको थियो । सगरमाथा विश्वको सबै भन्दा अग्लो भूभाग हो ।
विसं २०७२ मा गएको भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको अनुमान गरिएको थियो । सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।

प्रतिक्रिया