
ओम कुमार राई-
पुस ०८ – थुलुङ दुधकोशि गाउपालिका वडा न. ८ ले काठमाण्डौमा बसोबास गर्ने वडाबासिलाई निर्बाचित भए देखि वडामा भएका सम्पुर्ण कार्यको सार्बजानिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ।
काठमाण्डौको चाबाहिल स्थित सत्कार क्याफेमा आयोजना गरेको कार्यक्रमा थुलुङ दुधकोशि गाउपालिका प्रमुख असिम राईको प्रमुख अतिथि र वडा अध्यक्ष तिलक राईको सभापतित्वमा संचालन भएकको थियो ।
कार्यक्रममा वडा नम्बर ८ का १०० भन्दा बढि वडा बसिको उपस्तिथि रहेको थियो । कार्यक्रममा बोल्दै थुलुङ दुधकोशि गाउपालिका प्रमुख असिम राइले थुलुङ दुधकोशि गाउपालिका स्वस्थ्यको हिसाबमा, शिक्षाको हिसाबमा,खेलकुदको हिसाबमा सालुखुम्बुकै केन्द्र बन्दै छ भनेर भन्नु भयो ।
त्यस्तै समाज सेबि वार्डेन राईले ग्रमिण क्षेत्रमा त्यहाको जनतालाई शिक्षित र सचेत बनाउनु नै त्यहाको ठुलो बिकास हो भनेर भन्नु भयो । त्यस्तै कार्यक्रममा बोल्ने अधिकाशंले ग्रमिण क्षेत्रमा शिक्षामा जोड दिनु पर्ने भनाई राख्नु भयो ।

प्रतिक्रिया