
रंगकर्मि,निर्देशक तथा कलाकार सुरेन्द्र क्षेत्रीसंग हाम्रा सहकर्मि दिनेश फुयालले गर्नुभएको छोटो भलाकुसारी ।
सुरेन्द्रजी तपाईलाई स्वागत छ डर्बी खबर डट कम”मा ।
धेरै धेरै धन्यबाद दिनेशजी तपाईलाई ।
के मा ब्यस्त हुनुहुन्छ आजभोलि ?
हामी संगैका सबै कलाकाहरूको टिम मिलेर एउटा चलचित्र निर्माण गर्न गईरहेका छौ, सम्बभत अबको केही दिनमै सुटिङ पनि हुने छ र उक्त चलचित्रको कास्टिङ डाइरेक्टरको जिम्मा साथीहरूले बिस्वास गरेर मलाई दिनुभएको छ, त्यसैको ब्यबस्थापन र स्थल छनोटको कार्यमा लागीपरेको छु अरू सामान्य दैनिकि त छदैँ छ ।
कोभिड-19 प्रकोप विस्वभरी नै माहामारीको रूपमा फैलियो, त्यसबाट बच्न नेपाल सरकारले लक डाउन नै पर्नुपर्यो, नेपाली जनजिबनमा ठुलो असर पर्न गयो, कलाकारीता र कलाकारलाई असर नपर्ने त झन कुरै भएन, अब भन्नुस त्यो लामो समयको लकडाउन कसरी बिताउनु भयो ?
दिनेशजी सुरू सुरूमा त निकै कठिन भयो। एउटा कोठाभित्र झन्डै झन्डै बन्दी जस्तै जिवन बिताउनु पर्दा कोही कसैलाई पनि सहज भने पक्कै हुदैन । हामी रंगकर्मि कलाकारहरूको पनि त्यस्तै हो । केही नयाँ कामको उरूवात हुदैँ थियो बिडम्बना नै भन्नु पर्छ लकडाउनले विचमै रोक्नुपर्यो । पछि आफुलाई पनि केही सिर्जनशिल क्रियाकलापतिर ब्यस्त गराउँदै गएँ।
त्यस अबधिमा केही नयाँ नाटकहरू लेखियो र बिदेशी नाटकहरूलाई नेपालीमा अनुबाद पनि गरियो अनि सानो तिनो गित लेखियो पनि लेखिएछ यसलाई आगामी दिनमा संगित दिएर बजारमा ल्याउने योजना छ। पछि जनजिवन सामान्य हुँदै गएपछि अघि भनिहालेँ दिनेशजी एउटा चलचित्रको निर्माणमा लागिपरेको छु।
अब आउने र आउन चाहने नयाँ कलाकारहरूलाई के सुझाब दिन चाहनुहुन्छ ?
सर्बप्रथम त दिनेशजी यो क्षेत्रमा प्रवेष गर्दा समयलाई राम्रोसंग बुझेर आउनुहोस भन्न चाहन्छु। दिगो र यही कलाकारितामा केही गर्ने सोच राखेर आउन चाहनुहुन्छ भने पहिला अभिनय सिकेर आउनुस र विसेष त तपाईमा धैर्यता हुनुपर्छ ।
अब जाँदाजादैँ अन्तिममा आफ्ना दर्शक,पाठक र शुभचिन्तकहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?
जसरी म आज यो ठाउँमा आईपुगेको छु ,यो सबै उहाँहरूकै मायाँ र साथले गर्दा नै हो । आजसम्म जसरी साथ दिनुभयो आगामी दिनहरूमा पनि उसैगरी मायाँ र हौसला दिनु नै हुनेछ भन्ने ठुलो आस राखिनै रहने छु र जाँदाजाँदै दिनेशजी तपाई र यस मिडियाको सम्पुर्ण टिमलाई धन्यबाद नदिरहन त सक्दै सक्दिन ।
आज मेरा केही कुराहरू राख्ने मौका दिनुभयो । यति लामो समयपछि हाम्रो भेट भएकोमा झनै खुसी छु दिनेशजी धन्यबाद ….।

प्रतिक्रिया