3 weeks ago
काठमाडौँ बौद्ध जोरपाटी पिपलबोट नजिकै बिशाल ज्वेलर्स सप (आज) बुधबार बाट संचालनमा
1 month ago
आजको राषिफल || आज सउन ३२ गते सोमबार को राषिफल मा तपाइको भाग्यफल हेर्नु भयो त ?
1 month ago
आज ३१  साउन २०७८ आइतवारको राशिफल ||  राशिफल मा तपाईको आजको दिन कस्तो रहने छ ?  जान्नुहोस!!
2 months ago
देशब्यापी दिप प्रज्वलन तथा justice for all victim कार्यक्रम सम्पन्न
2 months ago
निर्मला पन्तको न्याय र आत्म शान्तिको लागि माइतीघर मण्डलामा दिप प्रज्वलन
2 months ago
५ वटा संस्थाको आयोजनामा बृहत खुल्ला रक्दान कतदान कार्यक्रम एतिहासि रुपमा सम्पन्न
3 months ago
आदिकवि भानुभक्त आचार्यको योगदान स्मरण गर्दै ‘चुँदीरम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाइने’
3 months ago
 प्रधानमन्त्री ओलीको सम्बोधन – असहयोग र घेराबन्दीका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि
3 months ago
नर्भिक अस्पताल पहिलोपटक आइपिओ जारी गर्ने तयारीमा
3 months ago
नेपाल स्वयंसेवी रक्तदाता समाजको आवहान मा नेपाल तरुण दल चन्द्रागिरी द्वारा रक्तदान


 प्रधानमन्त्री ओलीको सम्बोधन – असहयोग र घेराबन्दीका बीच राष्ट्रियता, विकास र समृद्धिमा उपलब्धि


काठमाडौँ २९ अषार || प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी र असहयोगका बीच राष्ट्रियता, विकास र समृद्धिका लागि वर्तमान सरकारले काम गरेको जनाउनुभएको छ । नयाँ प्रधानमन्त्रीले शपथ लिने तयारी भएका बेला आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई सहयोग नगर्ने, आफ्नैभित्रबाट समेत भएका उपलब्धिको चर्चा नगर्ने र नकारात्मक टिप्पणी मात्रै गर्ने प्रवृत्तिका बीच सरकारले यस अवधिमा नयाँ संविधान कार्यान्वयनमा ल्याई सङ्घीयतालाई सुढृढीकरण गर्दै भौतिक पूर्वाधार विकासनिर्माणलाई तीव्र बनाएको स्पष्ट गर्नुभयो ।

सर्वोच्च अदालतको सोमबारको फैसलाबाट प्रतिनिधिसभा पुनःस्थापन भई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका सन्दर्भमा ओलीले सम्बोधन गर्नुभएको हो । उहाँले कोरोना महामारी तथा बाढीपहिराबाट जीवन गुमाएका प्रति श्रद्धाञ्जलि दिँदै सरकारले बिरामी एवं घाइते सबैको निःशुल्क उपचार गराइरहेको तथा पुनःनिर्माण र अन्य पूर्वाधार तथा सामाजिक विकासका लागि स्पष्ट योजना र कार्यक्रमसहित अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देश कोभिड महामारीबाट आक्रान्त भइरहेका बेला कत्ति पनि समय खर्च नगरेर एकताका लागि महामारी रोकथाम र राष्ट्रको विकासका काम गर्नुपर्नेमा मुलुकमा असझदारी र द्वन्द्व सिर्जना गरेर मुलुकलाई असफल बनाउने गम्भीर षड्यन्त्रप्रति सबैको ध्यानाकर्षण गराउनुभयो । उहाँले निराश र उत्तेजनामा जान आवश्यक नभए पनि सर्वोच्च अदालतको सोमबारको फैसलको परिणाम र परिणति देखिँदै जाने विचार व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय सार्वभौमसत्ता र देशको स्वाधीनतालाई सबल बनाउँदै जानुपर्नेमा त्यस्तो नहुन नसकी राजनीतिलाई विपरीत दिशातर्फ लान खोजिएको आरोप लगाउँदै प्रतिनिधिसभाको बाँकी कार्यकाल सफल होस् र समयमा निर्वाचन होस् भन्ने आफ्नो चाहना भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विगतका राजनीतिक दृष्टान्तका आधारमा पात्र र प्रवृत्तिलाई चिन्न गाह्रो नहुने भएकाले लोकतन्त्र र विधिका शासनमा कुनै दरार त आउने होइन भन्ने प्रश्न खडा भएको टिप्पणी गर्नुभयो ।

आफूले लोकतन्त्रका लागि सात दशक व्यतीत गरेको स्मरण गर्दै उहाँले राजनीतिकबाहेक अराजनीतिक खालका अनुचित हतकण्डा आफूबाट कल्पनासमेत हुन नसक्ने स्पष्ट गर्नुभयो । “मेरो मनमस्तिष्कमा देशको, सुरक्षा, सार्वभौमसत्ता र स्वाधीनता, विकास, सुशासन, सभ्य समाज, सामाजिक न्यायसहितको समृद्धिबाहेक अर्को कुनै विषय छैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘नेपाललाई सुन्दर र समृद्ध बनाउन लोकतान्त्रिक प्रणाली र त्यसअनुसारको इमान्दार अठोट चाहिन्छ, योबाहेक मेरो कुनै व्यक्तिगत स्वार्थ छैन ।

म सरकारमा जाँदा वा बाहिरिँदा जनतालाई सर्वाधिकारसम्पन्न ठान्छु तर आज म अदालतको आदेशबाट बाहिरिएको छु । मेरो लोकतन्त्रप्रतिको निष्ठा र आशा तथा देश र जनता प्रतिको माया कमजोर हुने छैन ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

*